२१ मंसिर २०८२, आईतवार

माग पुरा नभएसम्म आन्दोलन जारी रहन्छ– थरुहट



धनगढी । थरुहट÷थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले सरकारले थारु समुदायको माग पुरा नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
थरुहट÷थारुवान राष्ट्रिय मोर्चाले बिहीबारदेखि शुरु गरेको सामुहिक आमरण अनशनको सुरुवात गर्दै नेता लक्ष्मणले आन्दोलनलाई अझ सशक्त बनाइने बताए । बिहीबारदेखि धनगढीको क्याम्पस चोक (गुरही) मा थरुहट÷थारुवान संघर्ष समितिले अनशन शुरु गरेको छ ।
सो अवसरमा सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिंग्देलले टीकापुर घटना राजनीतिक भएको बताए । उनले सरकारले थारुहरूस“ग वार्ता, बहस र छलफल गरेर टुंगाउनु पर्ने बताए ।
कार्यक्रममा थरुहट÷थारुवान संघर्ष समितिका प्रदेश संयोजक होरिलाल चौधरी, आदिवासी जनजाती महासंघका गोविन्द छत्याल, नेपा राष्ट्रिय पार्टीका अध्यक्ष विजय सैजु लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पूर्व सभासद कृष्णकुमार चौधरी (कुन्दन), टीकापुर राजबन्दी परिवार, विभिन्न जातजातीका नेता तथा अगुवाहरूको सहभागिता रहेको थियो ।
मोर्चाका प्रवक्ता माधव चौधरीका अनुसार बिहीबार नेता लक्ष्मण एक्लै अनसन बसेको र क्रमशः अरु नेता कार्यकर्ता अनशन बस्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार