१० श्रावण २०८१, बिहीबार

अस्पताल सुधार्नुस पैसाको कमी हुँदैन, सामाजिक विकासमन्त्री सुवेदी



भीमदत्तनगर । सुदूरपश्चिम सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले महाकाली अस्पतालको जिम्मेवारी बोकेको व्यवस्थापन पक्ष र स्वास्थ्यकर्मीहरुले राम्रो काम गरे आवश्यक आर्थिक र प्राविधिक सहयोगमा कुनै कमी हुन नदिने बताएका छन् ।
सो अस्पतालको विरामी कुरुवा तथा नयाँ आकस्मिक सेवा सहितको विस्तारित सेवाको विहिबार उद्घाटन गर्दे मन्त्री सुवेदीले यसै आर्थिक वर्षमा पनि विभिन्न सेवा, सुविधाका लागि झण्डै १० करोड रुपैयाँ महाकाली अस्पताललाई पठाइएको बताए । मन्त्री सुवेदीले महाकाली अस्पताललाई उपप्रादेशिक अस्पताल बनाउने जानकारी पनि दिए । उनले भने,बैशाख महिनाभित्रै महाकाली अस्पतालमा आइसियू सेवा सञ्चालन हुन्छ ।
बेदकोट नगरपालिकाका प्रमुख अशोक चन्दले स्वास्थ्यकर्मीलाई हातपात गर्ने संस्कृतिको अन्त्य हुने विश्वास गर्दे स्वास्थ्यकर्मीले पनि नागरिकलाई कसरी खुसी बनाएर सेवा दिन सकिन्छ भन्नेमा ध्यान दिन जरुरी रहेको बताए ।

महाकाली अस्पतालमा जनताको विश्वास बढदै दावी अस्पताल व्यवस्थापन पक्षले गरेको छ । सो अस्पतालमा अहिले दैनिक ३०० सम्मले स्वास्थ्य सेवा लिइरहेका छन् ।
अस्पतालमा गत साउनमा नयाँ नेतृत्व आएपछि हुन थालेको सुधारले गर्दा कञ्चनपुरका विमारीहरु महाकाली अस्पतालमा आउन थालेका हुन । म आउदा दैनिक १५÷२० जना विमारी आउथे, अहिले अस्पतालको सुधार हुन थालेपछि विमारीहरु धनगढी र भारतका सहर जान छोडेका छन महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त भट्टले भने, अहिले दैनिक ३०० जनासम्म विमारीहरु आउन थालेका छन् ।
सेवाग्राहीले लगाताररुपमा विभिन्न वहानामा चिकित्सकमाथि आक्रमण गर्न थालेपछि झण्डै चिकित्सकविहिन बनेको सो अस्पतालमा अध्यक्ष भट्टसहितकाको प्रयासमा १५ जना नयाँ चिकित्सक थपिएका छन् । अव चिकित्सकको संख्या २० पुगेको छ ।
अध्यक्ष भट्ट र धनगढीको सेती प्रादेशिक अस्पतालमा कार्यरत डा. सुवेशराज कायस्थले काठमाडौ पुगेर अनुरोध गरीगरी १५ जना चिकित्सक थपिएका हुन् । विगतमा सानोतिनो उपचार गर्न आर्थिक अवस्था राम्रो हुनेहरु भारत तथा धनगढी, नेपालगञ्जका नीजि तथा कमजोर आर्थिक अवस्था भएकाहरु धनगढीकै सेती प्रादेशिक अस्पताल जाने गरेका थिए ।
अध्यक्ष भट्टका अनुसार सुत्केरी सेवा लिन त शतप्रतिशत महिलाहरु सेती प्रादेशिकमा जाने गर्दथे अहिले बरु सेती छोडेर पनि महाकाली अस्पतालमा आउन थालेका छन् । हामी जनताका घरघर गएर पनि अस्पतालको सेवा, सुविधामा सुधार भएको जानकारी गराउने भएका छौ उनले भने ।
क्याप्सन ः अस्पतालको विरामी कुरुवा तथा नयाँ आकस्मिक सेवा सहितको विस्तारित सेवाको विहिबार उद्घाटन सुदूरपश्चिम सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार