१० श्रावण २०८१, बिहीबार

हुलाकी सडकमा परेका संरचना आफैं भत्काइदै



धनगढी । कैलालीमा निर्माणाधिन हुलाकी सडकको सिमानाभित्र परेका घरभवन तथा अन्य भौतिक संरचना भत्काउने क्रम बढेको छ । सडक सिमानाभित्र परेका घरधनी आफैंले संरचना भत्काइरहेका छन् ।
धनगढी महानगरपालिकाको क्याम्पस चौकदेखि मनहेरा (कालिका मन्दिर) सम्मको तीन किलोमिटर सडकलाई चार लेनको बनाउने योजना रहेको छ । क्याम्पसचौकदेखि मनेहरासम्मको खण्डमा परेका निजी घरधनीहरूले धमाधम आफैं संरचना भत्काईरहेका छन् ।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले सडक क्षेत्रमा पर्ने घर आफैं भत्काएर घरधनीहरूले विकास कार्यमा योगदान पु¥याएकोमा धन्यवाद व्यक्त गरे ।
धनगढी मनहेराकी प्रमिला लम्सालले स्थानीयले आफ्नो घर अगाडीको सडक चौडा बनाउन स्वस्फूर्त रुपमा घर, पर्खाल भत्काएको बताइन् ।
धनगढी उपमहानगरपालिका सहित कैलालीमा कालोपत्रे गरिएको ६९ किलोमिटर हुलाकी सडक खण्डको दुईदेखि चार लेनसम्म स्तरबृद्धी गरिदै छ । सडकको क्षेत्राधिकार ३० मिटर कायम भएकाले सो आसपासमा बनेका संचरना भत्काउन लागिएको हुलाकी सडक योजना कार्यालय धनगढीका ईन्जिनियर तथा सूचना अधिकारी पदम मडैले बताए ।
अहिले धनगढी उप–महानगरपालिकाको क्याम्पस चौकदेखि मनहेरा (कालिका मन्दिर) सम्मको तीन किलोमिटर सडकलाई चार लेन सहित अन्य खण्डलाई दुई लेनमा विस्तार गर्न प्रक्रिया अगाडी बढाईएको छ ।
त्यस्तै, बसन्तासम्मको २८ किलोमिटर र बसन्तादेखि सत्तिसम्मको १३ किलोमिटर तथा लम्की–टीकापुर–सत्तिको २८ किलोमिटर सडक खण्ड दुई लेनमा स्तरबृद्धि गर्ने तयारी भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार