२० बैशाख २०८१, बिहीबार

कर चुक्ता किर्तेका अभियुक्त बस्नेत प्रहरी हिरासतमा



धनगढी । सरकारी छाप तथा दस्तखत किर्ते गरेको मुद्दाका अभियुक्त धनगढीस्थित अमित मेडिसिन डिस्ट्रिब्युटर्सका सञ्चालक दुश्यन्त बस्नेतले मंगलबार प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
सोही मुद्दाका अर्का आरोपी प्रदीप अग्रवाल भने अझैं फरार रहेका छन् ।
अभियुक्तद्वय बस्नेत र अग्रवालले सरकारी अधिकारीको नक्कली हस्ताक्षर तथा छाप बनाएर किर्ते कर चुक्ता प्रमाणपत्र तयार गरी लगातार तीन आर्थिक वर्ष औषधी आपूर्तिको ठेक्का लिएका थिए ।
सो मुद्दामा कैलाली जिल्ला अदालतले उनीहरू दुवै जनालाई पक्राउ गर्न दुई महिनाअघि नै आदेश जारी गरिसकेको छ । प्रहरीले उनीहरूलाई पक्राउ गर्न खोजी कार्य र्जारी राखेको अवस्थामा मंगलबार दिउसोतिर अभियुक्त बस्नेत जिल्ला प्रहरी कार्यालय, कैलालीमा हाजिर भएका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले सरकारी छाप दस्तखत किर्ते गरेको अभियोग लागेका दुश्यन्त आफैं प्रहरी कार्यालयमा उपस्थित भएको र मंगलबार नै कैलाली जिल्ला अदालतबाट पा“च दिनको म्याद थप लिएर अनुसन्धान अघि बढाइएको बताए ।
अमित मेडिसिन डिस्ट्रिब्युटर्सले गेटा आ“खा अस्पताललाई औषधी आपुर्ति गर्ने ठेक्का प्राप्त गर्न आर्थिक वर्ष २०७३÷०७४, २०७४÷०७५ र २०७५÷०७६ मा किर्ते कर चुक्ता प्रमाणपत्र बनाएर पेस गरेका थिए ।
अमित मेडिसिन डिस्ट्रिब्युटर्सले लगातार तीन आर्थिक वर्षमा कर चुक्ता प्रमाणपत्र किर्ते बनाएर पेस गरेको आन्तरिक राजश्व कार्यालय धनगढीले पुष्टि गरिसकेको छ ।
टेण्डर लिन कर चुक्ता प्रमाण पत्र किर्ते गरेका सम्बन्धी समाचारहरु प्रकाशन, प्रसारण भएपछि औषधि व्यवस्था विभागले गत मंसिर १३ गते आन्तरिक राजश्व कार्यालय धनगढीलाई लेखेको पत्रका आधारमा गरिएको छानबिनमा अमित मेडिसिनले कर चुक्ता प्रमाणपत्र किर्ते गरेको पुष्टि गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार