२ जेष्ठ २०८१, बुधबार

पश्चिम सेती जलविद्युत निर्माणका लागि दबाव



काठमाडौं । सुदूरपश्चिम प्रदेशको पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण कार्य छिटो शुरु गर्न दबाव दिने क्रममा विभिन्न राजनीतिक दलका नेतृत्वको ध्यानाकर्षण गर्ने क्रम अघि बढाइएको छ ।
संघीय राजधानी काठमाडैौंमा पशिचम सेती जलविद्युत आयोजना निर्माणका लागि अभियान सञ्चालन गरिरहेको “बोलन्या थली धनगढी” का अभियानकर्ताहरूले आइतबार प्रमुख प्रिितपक्ष नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गरेका छन् ।
अभियानका संयोजक यादव जोशीले का“ग्रेस सभापति देउवालाई पश्चिम सेती जलविद्युत आयोजना बारे आवाज उठान अनुरोध गर्दै ज्ञापनपत्र बुझाइएको जानकारी दिए ।
पश्चिम सेती आयोजनाबारे केही समयदेखि आवाज उठाइरहेका अभियानकर्ताहरूले यसअघि काठमाडैंको माइतीघर मण्डलामा कचौरा जुलुस प्रदर्शन गरेका थिए ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदहरूसंग पशिचम सेती आयोजनाबारे छलफल समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार