३ जेष्ठ २०८१, बिहीबार

औद्योगिक र आर्थिक क्षेत्र निर्माण छिट्टै शुरु हुन्छ– मन्त्री भट्ट



अत्तरिया । संघीय उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कैलालीको डुडेझारी औद्योगिक क्षेत्र तथा हरैया विशेष आर्थिक क्षेत्र तथा कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र स्थापना कार्य छिट्टै अघि बढ्ने दोहोराएका छन् ।
मन्त्री भट्टले कञ्चनपुरको दोधरा–चा“दनीमा सुख्खा बन्दरगाह निर्माण कार्य पनि तत्काल अघि बढाइने बताए । “कैलालीको डुडेझारी तथा कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र र कैलालीको हरैया विशेष आर्थिक क्षेत्र स्थापना सम्बन्धी कार्य छिट्टै अघि बढ्छ” आइतबार अत्तरियामा एक कार्यक्रममा मन्त्री भट्टले अत्तरिया–धनगढी औद्योगिक करिडोर बारे पनि अध्ययन भइरहेको बताए ।
लामो समयदेखि चर्चामा रहेको दोधरा–चा“दनी सुख्खा बन्दरगाह निर्माणस्थलमा तत्काल पर्खाल बनाउने तथा तारबार कार्य अघि बढाइने बताए । उनले भने– तत्काल पर्खाल निर्माण र तारबार घेरबार कार्य अघि बढ्छ र दोस्रो चरणमा सुख्खा बन्दरगाहका लागि आवश्यक थप जग्गाको व्यवस्थापन गरिने छ ।
मन्त्री भट्ट केही दिनदेखि दोधरा–चा“दनीमा सुख्खा बन्दरगाह, दैजी छेला र डुडेझारी औद्योगिक क्षेत्र, हरैया विशेष आर्थिक क्षेत्र र धनगढी–अत्तरिया औद्योगिक करिडोरको अध्ययनका लागि मन्त्रालयको टोली सहित सुदूरपश्चिम प्रदेशमा रहेका छन् । मन्त्री भट्टले दैजी–छेला र डुडेझारी औद्योगिक क्षेत्र निर्माण स्थलमा ठुला रुखहरू नरहेकोले औद्योगिक क्षेत्र स्थापनामा समस्या नहुने दाबी गरे ।
उद्योग मन्त्री भट्टसहित उद्योग मन्त्रालयका सचिव यामकुमारी खतिवडा र बैकुण्ठ अधिकारी, मन्त्रालयका उच्चाधिकारी सहितको टोलीले दोधराचादनी सुख्खा बन्दरगाह निर्माण स्थल, कैलाली र कञ्चनपुरमा औद्योगिक क्षेत्र निर्माणस्थल, कैलालीको विशेष आर्थिक क्षेत्र निर्माण स्थलको सम्भाव्यता अध्ययन तथा प्रस्तावित धनगढी–अत्तरिया औद्योगिक करिडोरको अवस्था अवलोकन गरेको जनाइएको छ ।
उनले कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ मा स्थापना हुने दैजी–छेला औद्योगिक क्षेत्र निर्माण स्थल अवलोकनका क्रममा निर्माण कार्य छिट्टै अगाडि बढाउन सकिने सम्भावना देखिएकोे बताए ।
उनले भने– सरकारले हरेक प्रदेशमा एउटा औद्योगिक क्षेत्र स्थापना गर्ने लक्ष्य लिएको छ । त्यसैले अब यसको स्थापनामा ढिलाई हुदैन ।
सरकारले बेदकोट नगरपालिका वडा नम्बर २ र ३ को राष्ट्रिय वनमा करिब पौने तीन सय हेक्टर जमिनमा औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी छ ।
मन्त्री भट्टका अनुसार आगामी आर्थिक वर्षदेखि औद्योगिक क्षेत्र स्थापना कार्य शुरु गरिने बताए ।

औद्योगिक सम्पत्ती सम्बन्धी अभिमुखीकरण

संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा आइतबार अत्तरियामा औद्योगिक सम्पत्ती सम्बन्धी अधिमुखीकरण कार्यक्रम भएको छ ।
मन्त्रालयले आइतबार गोदावरीमा उद्योग प्रशासन तथा औद्योगिक सम्पत्ती (पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क) सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो ।
सो अवसरमा संघीय उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको उपस्थिती रहेको थियो ।
कार्यक्रममा उद्योग मन्त्रालयका सचिबवय यामकुमारी खतिवडा र बैकुण्ड अधिकारी सहित मन्त्रालयका उच्च पदाधिकारीले सहभागीलाई उद्योग प्रशासन तथा औधोगिक सम्पती सम्बन्धी महत्वपूर्ण जानकारीहरुबारे प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार