३ जेष्ठ २०८१, बिहीबार

मरेको चित्तल बोकेको एम्बुलेन्स र चालक पक्राउ



दार्चुला । डिलाशैली गाउँपालिकाले सञ्चालन गरेको टाइप वि एम्बुलेन्स चितल मारेर बोकेको भेटिएपछि गोकुलेश्वर प्रहरीले एम्बुलेन्स सहित चालकलाई पक्राउ गरेको छ ।
विरामीलाई महेन्द्रनगर पुर्‍याएर बैतडी फर्किने क्रममा एम्बुलेन्समा मरेको चित्तल भेटिएपछि आइतबार मध्यान्ह साढे १२ बजे डिलाशैनी गाउँपालिकाको सुदुरपश्चिम प्रदेश ०१–००१ झ ३४६ नम्बरको एम्बुलेन्स र चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । चित्तल बोकेको सूचना पाएपछि चेकजाच गर्ने क्रममा एम्बुलेन्समा जंगली जनावर चितल पाइएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी प्रमुख प्रहरी निरीक्षक खगेन्द्रसिह साउँदले बताए ।
उनले एम्बुलेन्स चालक महेश बोहरा र एम्बुलेन्स प्रहरी नियन्त्रणमा रहेको जनाए । उनले चितल सव डिभिजन वन कार्यालय चौलानीको जिम्मा लगाएको बताए । चालक विरुद्ध वन ऐन अनुसार कारवाही गरिने सव डिभिजन वन कार्यालयका प्रमुख परमानन्द कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार