१० श्रावण २०८१, बिहीबार

सघन शहरी विकास कार्यक्रमद्वारा सडक निर्माण कार्य तीब्र



टीकापुर । नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमबाट टीकापुर नगरपालिकाको वडा नम्बर १ को व्लक ‘ए’ भित्रका सडक कालोपत्रे र नाली निर्माणको काम भैरहेको छ । अहिलेसम्म २० प्रतिशत काम पुरा भएको बताइएको छ ।
१८ महिनाभित्र काम सक्ने गरी गत साउन २३ गते महालक्ष्मी एमके जेभीले ठेक्का लिई निर्माणको काम शुरु गरेको हो । २०७७ माघभित्र काम सक्ने गरी अहिले नाली बनाउने काम भैरहेको छ ।
कार्यक्रम अन्र्तगत नगरपालिकाको वडा नम्बर १ को व्लक ए भित्र पर्ने खक्रौला रोडदेखि अस्पताल हु“दै सामुदायिक रेडियो, पुरानो पानी ट्यांकी, नया विहानी पुनःस्थापना केन्द्र इलाका प्रहरी कार्यालयसम्म १ किलोमिटर मुख्य सडक चार लेनको बन्ने छ । यसको वरपर ११ ओटा शाखा सडक पनि कालोपत्रे हुनेछन् । शाखा सडकको लम्वाई २ हजार १ सय मिटर हुने र यसस“गै सडकको पानी जाने नाली निर्माण हुनेछ ।
निर्माण कम्पनीका सब–इन्जिनियर जयराम थापाका अनुसार खक्रौला रोडदेखि अस्पताल हु“दै सामुदायिक रेडियोसम्म र नया“ विहानी पुनस्थापना केन्द्र हदै इलाका प्रहरी कार्यालयसम्म बिचमा डिभाइडर राखेर त्यसको वरीपरि अहिले बनाइरहेको नालीसम्म साढे ७ र साढे ७ मिटर ४ लेन कालो पत्रे हुने र नाली बाहिर फुटपाथ हुनेछ ।
सामुदायिक रेडियोदेखि नया“ बिहानी पुनःस्थापना केन्द्रसम्मको सडकमा अहिले बनिरहेको नाली बाहिर साइकल लेन पनि थपिनेछ । अन्य ११ ओटा शाखा सडकमा सडक कालोपत्रे र नाली मात्र बन्नेछ । मुख्य सडकको बिचमा रहेका रुखहरू पनि सुरक्षित राखिनेछन् । त्यसको वरीपरि सडक कालोपत्र हुनेछ ।
सडक निर्माणको लागि महालक्ष्मी एम के जेभी धनगढीले ८ करोड, ४४ लाख, २१ हजार, ४ सय ९९ रुपैयामा ठेक्का लिएकोे छ । सडक निर्माणको क्रममा विद्युतका पोल, खानेपानीको पाइप र अप्टिकल फाइवरले अली समस्या पारेको सब–इन्जिनीयर थापाले बताए ।
सडक कालोपत्रे र नाली निर्माणको काम शुरु भएपछि स्थानीय नागरिकहरू खुसी भएका छन् । यसरी भौतिक संरचनाहरू निर्माण हुनु राम्रो काम भएको तर ती संरचनाहरू मजवुत बनाउनु पर्ने स्थानीय गंगाराम चपाईको सुझाव छ ।
टीकापुरमा अहिले व्लक ए का सडक कालोपत्रे सहित मेनरोड कालोपत्रे, व्यवस्थित बसपार्क निर्माण र भ्यू टावर सहितको घण्टा घर निर्माण भइरहेका छन् । यी संरचनाहरूले टीकापुरलाई स्मार्ट सिटी बनाउन सहयोग गर्ने र त्यसलाई टीकापुर नगरपालिकाले पनि विशेष रुपमा हेरिरहेको टीकापुर नगरपालिकाका इन्जिनियर नवराज जोशीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार