१० श्रावण २०८१, बिहीबार

स्वास्थ्य बीमा कार्यक्रम : सुदूरपश्चिममा दुई लाख बढि आवद्ध



धनगढी । सुदूरपश्चिम प्रदेशमा दुई लाख बढि व्यक्ति स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । प्रदेश बीमा बोेर्डका अनुसार हालसम्म सुदूरपश्चिम प्रदेशमा दुई लाख ५३ हजार छ सय २० जना स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भइसकेका छन् ।
प्रदेश बीमा बोर्डले सोमबार धनगढीमा आयोजना गरेको सञ्चारकर्मीसंग अभिमुखीकरण तथा गोष्ठीमा प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रमको अवस्थाबारे जानकारी दिइयो । ्
सो अवसरमा प्रदेश स्वास्थ्य बीमा बोर्डका प्रमुख जनक साउ“दले सुदूरपश्चिम प्रदेशमध्ये कैलालीमा सबैभन्दा बढि परिवार स्वास्थ्य बीमामा आवद्ध भएको बताए । उनका अनुसार दार्चुलामा सबैभन्दा कम विमित रहेका छन् ।
बीमा बोर्डका प्रदेश प्रमुख साउदले गरिव घरधुरी पहिचान भइसकेका जिल्लामा विमितको संख्या बढी भए पनि पहिचान नभएका जिल्लामा अपेक्षाकुत रुपमा सहभागिता कमजोर रहेको बताए ।
सरकारले कैलाली, अछाम, बझाङ र बाजुरा जिल्लामा गरिब घरधुरी पहिचान गरि परिचयपत्र वितरण गरिसकेको छ । प्रदेशका अन्य पा“च जिल्लामा भने अझैं गरिब घरधुरी पहिचान हुन बा“की रहेको छ ।
बीमा बोर्डका अनुसार कैलालीमा एक लाख ३९ हजार आठ सय २० जना स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । प्रदेशको दार्चुलामा भने हालसम्म छ हजार जना मात्रै स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् ।
त्यस्तै, बझाङमा ३० हजार चार सय ५०, बाजुरामा २६ हजार छ सय ५०, अछाममा २७ हजार, बैतडीमा १३ हजार र कञ्चनपुरमा १० हजार सात सय जना स्वास्थ्य विमित रहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ३९ हजार तीन सय एक जनाले स्वास्थ्य विमा कार्यक्रमबाट स्वास्थ्य सेवा लिइसकेको जनाइएको छ । विमा कार्यक्रम अन्र्तगत प्रदेशका सात जिल्ला गरि तीन करोड ८१ लाख पा“च हजार दुई सय ६२ रुपैया लगानी भइसकेको बोर्डले जनाएको छ ।
कार्यक्रमा स्वास्थ्य बिमा कार्यक्रममा जिल्ला संयोजक नरेश चौधरीले कार्यक्रम हरेक गरिब, विपन्न तथा आर्थिक रुपमा कमजोर रहेका व्यक्तिलाई स्वास्थ्य सेवाको पहु“चमा ल्याउन लागू गरिएको बताए । उनले सेवा प्रदायिक संस्थाको सेवामा सुधार नहुनु, दर्ता सहयोगीले विमाबारे बुझाउन नसक्नु लगायतका कारण विमा कार्यक्रममा सबै आवद्ध हुन नसकेको बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्की, पत्रकार चित्रांग थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार