१० श्रावण २०८१, बिहीबार

पुनर्बासमा विओपी स्थापना



कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर ९ बीचफाँटामा सशस्त्र प्रहरी बल नेपाल नम्वर ३५ गण हेडक्वार्टर शैलेश्वरी अन्तर्गत बोर्डर आउटर पोष्ट (विओपी) स्थापना भएको छ ।
विओपीको सुदूरपश्चिम प्रदेश सभा सदस्य तारा लामा तामाङले उद्घाटन गरे । सो अवसरमा प्रदेश सभा सदस्य तामाले सशस्त्र प्रहरीले जनतासंग अझ राम्रो सम्वन्ध बनाएर सीमा अतिक्रमण र सीमामा हुने अपराध रोक्न सफलता पाउने विश्वास व्यक्त गरे ।


कार्यक्रममा पुनर्बास नगरपालिकाका प्रमुख जीवनराज थापाले सीमामा हुने नकारात्मक गतिविधीले त्रसित नेपाली जनतालाई सशस्त्र प्रहरीले सुरक्षित भएको महशुस गराउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सशस्त्र प्रहरी वल सुदूरपश्चिम प्रदेश प्रमुख (सशस्त्र प्रहरी नायव महानिरिक्षक) गोविन्द क्षेत्रीले जनता, स्थानीय तह र भारतिय सुरक्षा निकायसंग समन्वय गरेर सशस्त्र प्रहरी पोष्टले काम गर्ने प्रतिवद्धता जनाएका थिए ।
डिआइजी क्षेत्रीका अनुसार कञ्चनपुरको झण्डै एक सय ३० किलोमिटर सीमा क्षेत्रमा नौ वटा विओपी राख्ने योजना रहेको छ । अहिलेसम्म दुई वटा मात्रै पोष्ट स्थापना भएका छन । उनले जग्गाको व्यवस्था हुने वित्तिकै थप पोष्टहरू स्थापना गरिने बताए ।


उनले सबै नौ वटा पोष्ट स्थापना भएपछि एउटा पोष्टले सातदेखि १० किलोमिटर क्षेत्र मात्रै हेर्नु पर्ने भएकोले नेपाली भूभाग र जनताको सुरक्षा गर्न सजिलो हुने बताए ।
कञ्चनपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले बोर्डर आउटर पोष्ट (विओपी) स्थापना भएपछि सिमा क्षेत्रका समस्याहरू क्रमिक रुपमा सुधार हुदै जाने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार