१० श्रावण २०८१, बिहीबार

विकास विरोधीहरू भ्रामक प्रचारप्रसारमा लागेका छन्– मन्त्री सुवेदी



अत्तरिया । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले विकास विरोधी तत्वहरू निरन्तर भ्रामक प्रचारप्रसारमा लागेको बताएका छन् । मन्त्री सुवेदीले सामाजिक विकास मन्त्रालयका राम्रा काम देखेर विकास विरोधी तत्वहरू आत्तिएको दाबी गे ।
“केही तत्वहरू अहिले सामाजिक विकास मन्त्रालयका काम देखेर आत्तिएका छन्” बिहीबार कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटास्थित सरस्वती माध्यामिक विद्यालयको ६१ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री सुवेदीले भने– गल्ती नगरेपछि डराउनुपर्ने अवस्था हुदैन । उनले पछिल्ला दिनमा आफु विरुद्ध विकास विरोधी तत्वहरूले राजनीतिक पूर्वाग्रही ढंगले भ्रामक प्रचारप्रसार गरिरहेको दाबी गरे ।
मन्त्री सुवेदीले प्रदेश सरकार प्रदेशमा गुणस्तरीय शिक्षाको विकासका लागि प्रतिवद्ध रहेको बताए ।
उनले माध्यामिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहको भएकाले शैक्षिक गुणस्तर, भौतिक संरचना र शैक्षिक विकासको लागि कुनै कन्जुसाई नगर्न आग्रह गरे । उनले प्रदेश सरकारले विद्यालय भवन निर्माणका लागि लागि आवश्यक बजेट विनियोजन गरेको जानकारी दिए ।
उनले सुदूरपश्चिम प्रदेशको नमुना विद्यालयको रुपमा स्थापित सरस्वती माविमा प्राविधिक शिक्षा विस्तारको लागि मन्त्रालयले हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा गोदावरी नगरपालिका उपप्रमुख रत्ना कडायतले सरस्वती माविले नगरपालिकाको नाम उचो बनाएको चर्चा गरिन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरेश थापाले विद्यालयमा राज्यको न्युन उपस्थिति रहेको बताए । प्रधानाध्यापक थापाले भने– यो विद्यालयमा ५९ जना कर्मचारीमध्ये ४२ जना निजी स्रोतबाट व्यवस्था गरिएका छन् । सरकारी स्रोतका १९ जना मात्रै शिक्षक छन् ।
उनले सरस्वति माविमा अहिले दुई हजार विद्यार्थी रहेकोले कक्षा कोठाको अभावमा दुई सिफ्टमा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार