१७ बैशाख २०८१, सोमबार

पौने २३ लाख सहित १६ जुवाडे पक्राउ



धनगढी । पौने २३ लाख रुपैयाँ सहित धनगढीबाट प्रहरीले १६ जना जुवाडेलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालले धनगढी–३ का तिलक अधिकारीको घरमा जुवा खेलीरहेकाहरुलाई बाईस लाख बयासी हजार रुपैयाँ सहित हिजोराति पक्राउ गरेको हो । जुवाको खालबाट पक्राउ पर्नेमा धनगढीमा धनगढी, गोदावरी, बेलौरी र भीमदत्त नगरपालिकाका व्यापारीसहित केही जनप्रतिनिधिहरु पनि रहेको प्रहरीले जनाएको छ ।
गोदावरी–१० का २८ वर्षीय रबिन्द्र शाही, २८ वर्षीय सन्देष तामाङ, ३ का ३८ वर्षीय मोहन खड्का, भीमदत्त–३ का ३४ वर्षीय धिरेन्द्र चन्द, वेलौरी–१ का ३४ वर्षीय भुवन कँुवर, धनगढी–३ वर्षीय ३८ तिलक अधिकारी, ३७ वर्षीय चन्द्रमणि अधिकारी, १३ का ३४ वर्षीय रमेश खड्का, ४ का ३५ वर्षीय खेमराज भट्ट, २ का ४१ वर्षीय जनक दौल्याल, दशरथचन्द–८ का ३१ वर्षीय अमित गुरु, ४ का ३० वर्षीय सुर्य भट्ट, जयपृथ्बी–१० का ३५ वर्षीय प्रेमबहादुर सिंह, पुर्चौडी–८ का ५० वर्षीय कालुसिंह धामी, नौगाड–४ का ३३ वर्षीय जयसिंह धामी र महाकाली–४ का ३८ वर्षीय मंगल ठगुन्नालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार