२० बैशाख २०८१, बिहीबार

राष्ट्रिय सभा सदस्य निर्वाचनकाे मतदान शुरू (फाेटाेफिचर)



डाेटी । राष्ट्रिय सभा निर्वाचनकाे मतदान डाेटीकाे शिलगढीमा शुरू भएकाे छ ।

बिहिबार बिहान १० बजेदेखि शुरू भएकाे मतदानमा सुदूरपश्चिम प्रदेशका ५३ जना सांसद् र ८८ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी भएका छन् । सांसद्हरूले मतदान गर्ने बुथमा सांसद् तथा पूर्वमन्त्री दीर्घबहादुर साेडारीले पहिलाे मत हाले । राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्ट, सभामुख अर्जुनबहादुर थापा, अान्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह लगायत सम्पूर्ण मन्त्रीहरूले मतदान गरिसकेका छन् ।

राष्ट्रिय सभामा यस निर्वाचनबाट सुदूरपश्चिमबाट दुर्इ जना सदस्य निर्वाचित हुने छन् । साे निर्वाचनका लागि नेकपाबाट २ र नेपाली कांग्रेसबाट दुर्इ जनाकाे उम्मेदवारी परेकाे छ । मतदान साँझ ४ बजेसम्म जारी रहने निर्वाचन अायाेगले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार