२१ बैशाख २०८१, शुक्रबार

गरिव लक्षित कार्यक्रम ल्याउन मन्त्री बोहराको आग्रह



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले बैैंकहरुले विपन्न पछाडि परेका दलित, जनजाति लगायतका समूदायलाई लक्षित गरेर ऋण प्रवाह गर्नुपर्नेमा जोड दिएका छन ।
मंगलबार कृषि विकास बैंकको सुदूरपश्चिम विकास प्रदेश कार्यालय धनगढीले आयोजना गरेको ५३ औ वार्षिकोत्सव कार्यक्रममा वोल्दै मन्त्री बोहराले बैंकले पछाडि परेको समूदाय लक्षित कार्यक्रम ल्याएर उनीहरुको आर्थिक स्तर उकास्नु पर्ने बताए ।

उनले भारत लगायतका देशमा गएर साना साना काममा अल्झिनु भन्दा स्वदेशमै स्वरोजगारमूलक काम गर्नु आवश्यक भएको चर्चा पनि गरे । मन्त्री बोहराले भने नेपालीहरुले विदेशमा जे पनि काम गर्छन तर स्वदेशमा स–साना काम गर्न पनि लाज मान्ने गर्छन ।
उनले भारतियरुपैयाँलाई नेपाली बजारमा जान नदिने गरेर राष्ट्रबैकले विशेष कार्यक्रम ल्याउनु पर्ने आवश्यक्ता पनि औल्याए ।

वैंकका प्रदेश प्रमुख गणेशबहादुर डिसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रबैक धनगढीका प्रवन्धक निश्चल अधिकारी, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुप्पराज कुँवर, कैलाली बहुमखी क्याम्पसका प्रमुख प्रा.डा.पदमराज जोशी ,कृषि विकास कर्मचारी संगठनका अध्यक्ष नरेश अवस्थी, वित्तिय कर्मचारी संघका नारद वोगटी लगायतले वोलेका थिए ।
सो अवसरमा कृषि विकास बैंक लिमिटेड, बैकिङ कार्यालय धनगढीका अधिकृत दीपक कुँवरलाई उत्कृष्ट कर्मचारीकारुपमा सम्मानित गरिएको थियो । सो अवसरमा सोही बैंकका जीवन जोशी, सन्तोष भण्डारी लगायतका कर्मचारी पनि सम्मानित भएका थिए ।

सो अवसरमा कृषि विकास बैंकले सुदूरपश्चिम प्रदेशका २२ वटा शाखाबाट पुस मसान्तसम्म १५ करोड रुपैयाँ बढी फाइदा गरेको पनि बताइएको थियो
बैंकले ३३ करोड ३६ लाख ४७ हजार रुपैयाँ मुनाफा आर्जन गर्ने लक्ष्य राखेकोमा चालू आर्थिक वर्षको नौ महिना पुस मसान्तसम्म १५ करोड ११ लाख १६ हजार रुपैया“ मुनाफा आर्जन गरिसकेको छ । भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार