१० श्रावण २०८१, बिहीबार

प्रतिपक्षको आरोप : केही मन्त्री विना लगामको घोडा भए



धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता डा. रणबहादुर रावलले सुदूरपश्चिम प्रदेशका केही मन्त्री बिना लगामका घोडा भएको आरोप लगाएका छन् ।

सोमबारबाट सुरु भएको सुदूरपश्चिम प्रदेश सभाको पाँचौं बैंठकलाई सम्बोधन गर्दै उनले केही मन्त्रीहरु जनताप्रति उत्तरदायी नभई स्वैच्छाचारी ढंगले अघि बढेको आरोप लगाउँदै उनीहरुलाई ठीक ठाउँमा ल्याउन मुख्यमन्त्रीलाई विशेष आग्रह समेत गरे ।
प्रदेशसभामा बोल्दै नेता रावले भने सामाजिक विकास मन्त्रालयले गरिद गरेको एम्बुलेन्स, अल्ट्रा साउण्ड मेसिन खरिदमा आर्थिक अनियमितता तथा बाजुराको बडीमालिकामा संचालन गरेको स्वास्थ्य शिबिरमा भएको डुब्लिकेशन भएको भन्दै छानबिनको माग गरे ।
उनले सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कृषकका नाममा व्यापक आर्थिक अनियमितता हुने गरेको बताउँदै अन्य मन्त्रालयमामा पनि अध्ययन गरिरहेको बताए । उनले हालै सुदूरपश्चिम प्रदेशमा भएको हिमपातले बालीनालीमा तथा जनधनमा व्यापक क्षति पुगेकोले प्रदेश सभाले संकल्प प्रस्ताव पारित गरी राहत उपलब्ध गराउन माग गरे ।
प्रदेशसभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रमुख सचेतक तारालामा तामाङले प्रदेशसभाले बनाएका ऐन कानुन निर्माण गरीसकेकोले ती ऐन नियम कानुनहहरुको कार्यान्वयन पक्षबारे अनुगमन समिक्षा गर्नुपर्ने माग गरे ।
उनले प्रदेशसभाबाट पारित भएका ऐन कानुनको कार्यान्वयनबारे सरकारले गर्ने होकी प्रदेशसभाले गर्ने हो भन्ने प्रश्न गरे । त्यसै गरी राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्य मालवती रानाले प्रदेश सरकारले जनअपेंक्षा अनुसार काम गर्न नसकेको धाराणा राखिन् । प्रदेश सभाको अर्को बैंठक भोलि (मंगलबार) १२ः३० मा बस्ने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार