२१ मंसिर २०८२, आईतवार

थारु साँस्कृतिक प्रदर्शनी हुने



धनगढी । थारु समुदायको नयाँ वर्ष माघी पर्वको अवसरमा हसुलियामा हुने दोस्रो थारु साँस्कृतिक प्रदर्शनीको तयारी पुरा भएको छ ।
कैलारी गाउँपालिकाको सहकार्यमा मल्टी यूथ क्लव र हिमशिखर क्लव हसुलियाद्वारा माघ २ र ३ गते हुने थारु साँस्कृतिक प्रदर्शनी तथा पेनाल्टी सुटआउटको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । कार्यक्रमका लागि विभिन्न स्थानमा स्वागतद्वार, स्टल निर्माण लगायतका कार्य पुरा भएको आयोजकले जनाएको छ ।

‘हमार कला, संस्कृति हमार पहिचान, समृद्ध बनाइक लाग आवश्यक बा अभियान’ भन्ने नाराका साथ माघ पर्वलाई विशेष तथा उपलब्धीमूलक बनाउन हसुलियामा गत सालदेखि यो कार्यक्रम हु“दै आएको छ ।
आयोजक समितिका संयोजक पञ्चराम चौधरीले थारु समुदायको संस्कृतिको संरक्षण तथा प्रवद्र्धन, हसुलिया बजारको प्रवद्र्धनको उद्देश्यसहित कार्यक्रम आयोजना गरिने बताए ।
कार्यक्रममा थारु समुदायका मौलिक झुमरा, सखिया, बड्का, मुंग्रहवा, लठ्ठहुवा, धमार, मघौटा, राना थारु र कठरिया थारु होरी नाच लगायतका सा“स्कृतिक कार्यक्रम रहने छन् । कार्यक्रममा ५० वटा साँस्कृतिक टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
यसैगरी, पेनाल्टी सुटआउटमा ३५ वर्ष उमेर माथि (भेट्रान) समूह ६४, ३५ वर्ष मुनिका उमेर समूह ६४, र महिला समूह ३२ वटा टिम सहभागी हुने उनले बताए ।
फुटबल पेनाल्टी सुटआउटमा ३५ वर्ष माथि उमेर (भेट्रान) समूहमा प्रथम स्थान प्राप्त गर्नेे टिमले एक लाख ११ हजार एक सय ११ रुपैया“ तथा उपविजेता टिमले ५५ हजार पांच सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही पाँच हजार रुपैया पुरस्कार पाउनेछन् ।
त्यस्तै ३५ वर्ष मुनि उमेर समुहको पेनाल्टी सुटआउटमा प्रथम स्थान प्राप्त गर्ने टिमले एक लाख १ हजार एक सय ११ तथा उपविजेता टिमले ५१ हजार एकसय ११ रुपैयाँ पुरस्कार पाउनेछन् ।
त्यस्तै, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही पांच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
त्यस्तै, महिला समूहको पेनाल्टी सुटआउटमा प्रथम स्थान हासिल गर्ने टिमले ५१ हजार तथा उपविजेता टिमले २५ हजार पा“च सय रुपैया पुरस्कार पाउनेछन् । भने उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही दुई हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार