१० श्रावण २०८१, बिहीबार

ओखरको कारोबारमा कमी



डडेल्धुरा । डडेल्धुरामा यो वर्ष ओखरको व्यापारमा कमि आएको छ । छिमेकी जिल्ला दार्चुलाबाट आयातहुने ओखरको मुल्यमा वृद्धि भएपछि व्यापारमा कमी आएको हो ।
ओखरको व्यापारमा कमी आएसंगै डडेल्धुराका ओखर व्यवसायी चिन्तित बनेका छन् । विगतका वर्षको जस्तो ओखरको बिक्री नभएको अमरगढी नगरपालिका – १ स्याउलेका ओखर व्यापारी गणेश दियालले बताए । विगत १० वर्षदेखि ओखरको व्यापार गर्दै आएको बताउदै व्यापारी दियालले भने, ‘गत विगतका वर्षमा १२ देखि १५ क्विन्टलसम्म ओखरको मात्रै व्यापार हुन्थ्यो, यो वर्ष भने चार क्विन्टल मात्रै व्यापार गरियो ।’ गत वर्षमा मुल्यवृद्धि हुँदापनि व्यापार भएको थियो । तर यस वर्ष भने व्यापार सुस्त बन्दै गयो ।’


अर्का ओखर व्यापारी हरिना दियालले गत विगतका वर्षमा डडेल्धुरामा हुने उग्रतारा मेलामा ओखर बेचिसक्थ्यौ उनले भने यो वर्ष भने हिउँदसम्म पनि ओखरको व्यापारले गति लिएन । डडेल्धुराको ओखर काठमाण्डौ लगायत विदेशसम्म पनि पठाउने गरेको बताउदै दियालले यसवर्ष ओखर किन्न आउने ग्राहकमा कमी आएको बताए । दियालले भने, ‘मूल्य चर्को भएर हो या ओखरप्रतिको रुचि घटेको हो थाहा छैन तर ओखर किन्न आउने ग्राहकहरुमा भने कमि हुदै गएको छ ।’
गत वर्षको तुलनामा ओखरको प्रतिकिलोमा ५० सयदेखि एक सय रुपैयाँले वृद्धि भएको छ । यो वर्ष डडेल्धुरामा ओखर प्रतिकिलो छ देखि सात सय रुपैयाँमा बिक्री भईरहेको छ । सुदुरपश्चिम प्रदेशको सातवटा पहाडी जिल्लाको प्रवेशद्धारको रुपमा रहेको डडेल्धुराको स्याउले वजार र बागबजार बसपार्कमा ओखरको व्यापार हुने गरेको छ । यहाँका व्यापारीले ओखरबाटै प्रत्येक वर्ष दुई लाख भन्दा बढी आम्दानी गर्ने गरेका बताउछन् ।
अन्य वर्षको तुलनामा यो वर्ष ओखरको उत्पानमा कमी आएको व्यापारीहरु बताउछन । व्यापारीहरुले डडेल्धुरा सहित बैतडी र दार्चुलाबाट ओखरको आयात गर्ने गरेका छन् । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार