१० श्रावण २०८१, बिहीबार

भूवापर्वमा बिदा



फाइल तस्बिर

धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा मनाइने ‘भुवा पर्व’को अवसरमा यही पुस १० गते सार्वजनिक बिदा दिने भएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा मंगलबार प्रकाशित सूचनामा प्रदेश सरकारको निर्णयबमोजिम भुवा पर्व मनाइने पुस १० गते बिहीबार सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ ।
यो पर्व खास गरी प्रदेशको अछाम, बाजुरा, बझाङलगायतका जिल्लामा उल्लासपूर्वक मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार