१० श्रावण २०८१, बिहीबार

रोरा खोलामा राखिएको स्काभेटरमा आगजनी



टीकापुर/ कैलालीको लम्कीचुहा नगरपालिकाले वडा नं. १ स्थित चेतना सामुदायिक वन नजिकैको रोरा खोलामा राखिएको स्काभेटरमा आगजनी गरिएको छ । रोरा खोलामा उत्खननको कार्य गर्दै आएको बा ३ क ३४२१ नम्बरको स्काभेटर माथि सोमबार राती आगजनी गरिएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । आगजनीबाट स्कोभेटरको अगाडीको भाग र इन्जनमा क्षती पुगेको प्रहरीले जनाएको छ । देउती निमार्ण सेवाले उक्त रोरा नदीमा केहि दिन देखि दैनिक ढुंगा निकाल्ने र संकलन गर्दै आएको थियो ।

आगजनी गर्नेको पहिचान नभएको र घटनाको बारेमा अनुसन्धान भैरहेको नायव प्रहरी निरिक्षक ओम प्रकाश बटालाले बताए ।
नदीजन्य वस्तुको उत्खननका लागि टेण्डर प्रक्रिया मार्फत ठेक्का लगाउने प्रावधान भए पनि लम्की चुहा नगरपालिकाले निवेदनकै भरमा देउतीलाई उत्खनन्को लागि अनुमति दिएका थियो । अनुमति पश्चात उत्खननको कार्य गरिरहेको सेवालाई प्राकृतिक स्रोतमाथिको दोहन र उत्खानननगर्न वभिन्न पक्षबाट दबाब परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार