२० बैशाख २०८१, बिहीबार

लक्ष्मी ब्रत सुरु



धनगढी/धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा मंगलबारबाट लक्ष्मी ब्रत सुरु भएको छ । लक्ष्मी ब्रतलाई धनुर्मास ब्रत पनि भनिन्छ ।
लक्ष्मीनारायाण मन्दिरले वर्षौदेखि हरेक वर्ष पुस महिनाभरी लक्ष्मी ब्रत मनाउने गरेको छ । बिभिन्न धार्मिक कार्यक्रम सहित मनाईने यस व्रत हरेक विहान ६ बजे मन्दिरमा बिशेष आरतीबाट सुरु हुने गरेको मन्दीर व्यवस्थापनले जनाएको छ ।
लक्ष्मीनारायण मन्दिरका संरक्षक देवराज आचार्यका अनुसार पृथ्वीले गोदा नामले तुलसीवनबाट अवतार लिएर वृन्दावनका गोप बालिकाहरुको साथ सम्मिलित भएर यो व्रत गरेको धार्मिक मान्यता छ ।
मंगलबार विहान बिशेष आरतीसंगै शुरु भएको व्रतमा धेरै भक्तजनको सहभागितामा व्रत उत्सब तथा वैदिक सनातन धर्मको महत्वपूर्ण प्रवचन भईरहेको मन्दिरका व्यवस्थापक हरिप्रपन्न न्यौपानेले बताए । उनका अनुसार यस अवसरमा हरेक दिन ४० लिटर दूधको खिर प्रसादका रुपमा वितरण हुनेछ ।
व्यवस्थापक न्यौपानेका अनुसार उत्सवको १६ औं र २७ औं दिनमा भगवानलाई खीरको भोग लगाएर सबै भक्तजनलाई प्रसादका रुपमा वितरण गरिनेछ । यस उत्सवमा सबै समुदायका बालबालिकादेखि बृद्धबृद्धा आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार