२३ बैशाख २०८१, आईतवार

दोस्रो थारु सांस्कृतिक प्रदर्शनी हुँदै



धनगढी/थारु समुदायको प्रमुख धार्मिक सांस्कृतिक पर्व माघीका अवसरमा कैलारी गाउँपालिका, हसुलियामा दोस्रो थारु साँस्कृतिक प्रदर्शनी हुने भएको छ ।
कैलारी गाउँपालिकाको सहकार्यमा मल्टी यूथ क्लव र हिमशिखर क्लव हसुलियाले दोस्रो पटक थारु साँस्कृतिक प्रदर्शनीको आयोजना गर्ने जनाएका छन् ।
थारु सांस्कृतिक प्रदर्शनी मूल आयोजक समितिले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा माघीमा फुटबल पेनाल्टी सुटआउट समेत सञ्चालन गरिने जानकारी दिइयो ।
‘हमार कला, संस्कृति हमार पहिचान, समृद्ध बनाइक लाग आवश्यक बा अभियान’ भन्ने नाराका साथ आयोजना गरिने कार्यक्रममा परम्परागत र आधुनिक झुमरा, सखिया नाच, बड्का नाच, मुंग्रहवा नाच, लठ्ठहुवा नाच, धमार, मघौटा, राना थारु र कठरिया थारु होरी नाच लगायतका साँस्कृतिक कार्यक्रम मूल आयोजक समितिका संयोजक पञ्चराम चौधरीले कार्यक्रममा ५० वटा साँस्कृतिक टोलीको सहभागिता रहने बताए ।
यसैगरी, पेनाल्टी सुटआउट टोली अन्तर्गत ३५ वर्षभन्दा माथि उमेर (भेट्रान) समूह ६४, ३५ वर्षभन्दा मुनि उमेर समूह ६४, र महिला समूह ३२ वटा टिम रहने उनले बताए ।
फुटबल पेनाल्टी सुटआउटमा दुवै उमेर समुहमा विजेताले एक लाख ११ हजार तथा उपविजेताले ५५ हजार पाँच सय रुपैयाँ पुरस्कार पाउने छन् भने उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही पांच हजार रुपैया पुरस्कार पाउने उनले बताए ।
त्यस्तै, महिला समूहमा विजेताले ५१ हजार तथा उपविजेताले २५ हजार पाँच सय रुपैयाँ पुरस्कार पाउने छन् भने उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही दुई हजार पाँच सय रुपैया पाउने छन् ।
कार्यक्रम दुई दिनसम्म चल्ने बताइएको छ । कार्यक्रममा दौड, झाँकी सहितको ¥याली, उद्घाटन, पेनाल्टी सुटआउट र सांस्कृतिक प्रतियोगिताm रक्तदान तथा थारु सांस्कृतिक प्रर्दशनी हुने मिडिया संयोजक अनत चौधरीले जानकारी दिए ।
कार्यक्रम आयोजनामा ३३ लाख ८४ हजार रुपैया“ बजेट खर्च हुने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार