१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेशको राजधानी : जंगल अतिक्रमण गर्दै टहरा निर्माण गर्ने क्रम तीब्र



शेरबहादुर ऐर/धनगढी । काठको खम्बा माथि टिनको छाना । एउटा चुलो । बस्नका लागि केही कुर्ची र डेस्क । होटलमा पाइने जे सामान पनि त्यहा पाईन्छ ।

यो दृश्य हो– कैलालीको गोदावरी नगरपालिकामा पर्ने राष्ट्रिय वनको । पछिल्लो समय राजमार्गको छेउमा पर्ने राष्ट्रिय वनभित्र विभिन्न किसिमका संरचना निर्माणाधिन अवस्थामा रहेका छन् ।
विगतमा राष्ट्रिय बन नजिक रहेका ठुला डा“डाहरूलाई अहिले सम्याएर मानिसहरूले अतिक्रमण गरि व्यापारिक कारोवार तथा बस्नका लागि आवास बनाउन शुरु गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले २०७५ साल असोज १२ गते तेघरी गोदावरीको जंगलमा राजधानी तोकेपछि वनमाफियाहरूले वरपरको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा अतिक्रमण गर्ने क्रम बढेको छ ।
गत असार महिनापछि यो क्षेत्र अतिक्रमणको उच्च चपेटामा परेको छ । हिजोआज राजधानी स्थल तोकिएको तेघरी जंगल नजिकै रहेको हनुमान मन्दिर क्षेत्र, गोदावरी आर्यघाट जाने क्षेत्र, चुनेपानी, समाधीगडा, भ्यागुत्तेपानी, बासपानी, गाईमारा क्षेत्र उच्च अतिक्रमणको चपेटामा परेको छ ।
यो क्षेत्रमा बाढी पीडित तथा सुकुम्बासीका नाममा जंगल छेउमा बस्दै आएकाहरू पछिल्लो समय सिमाना मिच्दै जमिन बढाउन थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले गोदावरी नगरपालिकाको तेघरी जंगलमा राजधानी बनाउने घोषणा गरेसंगै जंगल किनारमा बस्दै आएकाहरू सामुदायिक तथा राष्ट्रिय वनको सिमाना मिच्दै जमिन बढाउन थालेका छन् । विभिन्न वनमाफियाहरू आफू तथा आफन्तलाई लिएर वन क्षेत्रभित्रै टहरा बनाउन थालेका छन् ।
सडक किनारमा बसेकाहरू पछिल्लो समयमा सामुदायिक वनको सिमाना मिच्दै अगाडि बढिरहेको स्थानीय यज्ञबहादुर रावल बताउछन् । ‘सामुदायिक वन र राष्ट्रिय वनभित्रै पसेर वन माफियाहरूले अतिक्रमण गरी घर टहरा बनाइसके” उनले भने– यहा“ रातारात टहरा निर्माण भइरहेका छन् ।
धनगढी–डडेल्धुरा सडक खण्डको गाईमारा क्षेत्रमा पनि व्यापक वन फडानी भएको बनाउदै उनले ‘सडक किनारमा टहरा राखेर बसेका केही व्यक्तिले तलतिर खोरिया फडानी गरिसकेको” बताए । खोरिया फडानी भएसंगै यहा“ बस्ती बसाउने चलखेल भइरहेको उनले बताए । जंगल किनारमा बसेकाहरूले आफूस“गै आफ्ना नजिकका नातेदारलाई ल्याएर वनको सिमाना मिच्दै जमिन बढाउने गरेको उनी बताउ“छन् । उनले भने– टहरो मात्रै बनाएकाहरूले खुर्सानी तथा सागपात लगाउने भन्दै जंगलको सिमाना मिच्दै जमिन अगाडि बढाउन थालेका छन् ।
उनका अनुसार पछिल्लो समयमा तेघरी जंगल नजिक, गाईमारा क्षेत्र, समाधि क्षेत्रमा व्यापक अतिक्रमण बढेको छ । वन अतिक्रमणको मुद्दा लगेर पटक–पटक वन कार्यालय, गोदावरी नगरपालिकाको कार्यालयसमेतमा खबर गर्दा पनि कुनै सुनुवाई नभएको एक सामुदायिक वनका पदाधिकारीले नाम नबताउने शर्तमा भने– वन अतिक्रमणकारीलाई खै किन हो कसैले पनि उठाउने साहस गर्दैनन् ।
अहिले आएर सामुदायिक वनको सीमा मिच्दै अतिक्रमण गर्नेहरू राजनीतिक दलको भोटर भएको बताउ“दै स्थानीय रामचन्द्र अवस्थीले भने– राजनीतिक दल, सामुदायिक वनका अध्यक्ष लगायतको मिलेमतोमा नै बाढी पीडित र सुकुम्बासीका नाममा वन अतिक्रमण भइरहेको छ ।
उनले भने– बाढी पीडित, सुकुम्बासीका नाममा राजनीतिक दलको संरक्षणमा जंगल किनारमा बसेकाहरूले दैनिक वन क्षेत्र मिच्दै जग्गा बढाउन थालेका छन् । अत्तरिया क्षेत्रमा त झनै वन क्षेत्र अतिक्रमण भइरहेको छ । सुरक्षा सामुदायिक वन र दुर्गालक्ष्मी सामुदायिक वन संस्थागत अतिक्रमणमा परेका छन् ।
उनले ‘अतिक्रमित क्षेत्रमा जनप्रतिनिधि, सामुदायिक वनका अध्यक्षलगायतका व्यक्तिले कुनै चासो नदेखाउ“दा उनीहरूकै मिलेमतो यो भइरहेको” आरोप लगाए ।
त्यस्तै, गाईमारा क्षेत्रमा वनका पूर्व कर्मचारीकै मिलेमतोमा अतिक्रमण भएको स्थानीयले बताएका छन् । गाईमारा क्षेत्रको तल रहेको करिब पा“च कठ्ठा जमिनमा पनि भागबण्डा भइसकेको छ ।
सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख रामनारायण यादवले भने– हाम्रै वन कार्यालयका पूर्व कर्मचारी पनि गाईमारा क्षेत्रमा अतिक्रमणको नाइके भएको खबर पाएको छु, तुरुन्तै बुझेर कारबाही प्रक्रिया अगाडि बढाउ“छु ।
प्रदेश वन निर्देशनालयको तथ्याङ्क अनुसार कैलालीमा अहिलेसम्म २१ हजार एक सय ५४ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । देशभरमा एक लाख हेक्टर वनको क्षेत्रफल अतिक्रमणको चपेटामा परेको छ भने त्यसको २१ प्रतिशत वन क्षेत्र कैलालीमा मात्रै अतिक्रमण भएको छ । यो तथ्याङ्कले देशभरकै सबैभन्दा बढी कैलाली जिल्लामा वन क्षेत्र अतिक्रमण भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार