१० श्रावण २०८१, बिहीबार

उपनिर्वाचनका लागि तीन दिन विद्यालय बन्द



डोटी । डोटीको आदर्श गाउ“पालिका वडा नम्बर २ मा वडाध्यक्ष पदका लागि यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा बिहिबारबाट लागू हुनेगरी तीन दिन सार्वजनिक बिदा दिइएको छ ।


निर्वाचन कार्यालयले मतदान केन्द्र तोकेका शारदा मावि मौवानगरदह, कोटाञ्जर मावि कोटाञ्जर तथा साउदकडा माविमा मङ्सिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो । जिल्ला निर्वाचन कार्यालयले ती विद्यालयमा मतदान केन्द्र तोकेका कारण तीन दिन सार्वजनिक बिदा दिइएको जिल्ला शिक्षा समन्वय समिति डोटीले जनाएको छ ।
जिल्ला सुरक्षा समिति डोटीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले निर्वाचन केन्द्र तोकिएका विद्यालयमा बिदाको समयमा विद्यालयमा अन्य कुनै प्रकारका कार्यक्रम आयोजना नगर्न पत्रमार्फत जानकारी गरिएको बताए । उक्त वडाको उपनिर्वाचनका कूल तीन वटा मतदान केन्द्र तोकिएको छ ।
यसैबीच जिल्ला निर्वाचन कार्यालयले उपनिर्वाचनमा मतदान अधिकृत तोकिएकालाई मतपत्रसहित निर्वाचन सामग्री हस्तान्तरण गरेको छ । निर्वाचन सम्पन्न गराउन आवश्यक सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी बुधबार नै सम्बन्धित मतदानस्थलमा पुगिसकेको मुख्य निर्वाचन अधिकृत बिदुर काफलेले जानकारी दिए ।
उपनिर्वाचनमा सुरक्षाकर्मीसहित कूल २४५ कर्मचारी परिचालन गरिएको जिल्ला सुरक्षा समिति डोटीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । निर्वाचन हुने क्षेत्रमा आजदेखि मदिरा बिक्रीवितरण तथा सेवन पूर्ण रुपमा बन्द गरिएको छ ।
मतदाता संख्याका आधारमा एउटा मतदान केन्द्रमा पा“चदेखि आठसम्म कर्मचारी खटाइने र मतदानमा खटिने कर्मचारीबाहेक प्रत्येक मतदान केन्द्रमा दुईदेखि चार स्वयंसेवक परिचालन गरिने निर्वाचन कार्यालयले जनाएको छ । मतदाता नामावलीमा समावेश भएकाका लागि यसअघि वितरण गरिएको परिचयपत्र वा सरकारी कार्यालयबाट जारी भएको परिचय खुल्ने जुनसुकै कागजपत्रका आधारमा मत खसाल्न पाउने व्यवस्था गरिएको छ ।
उक्त वडामा कम्तीमा पनि दुई हजार ५०० मतदाता छन् । वडाध्यक्षका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली का“ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार गरी चार उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
वडाध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट रामबहादुर बोहरा, नेपाली का“ग्रेसबाट महादेव साउद, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काशिराम ओझा तथा स्वतन्त्रका तर्फबाट स्थानीयवासी भूमिसिंह खड्का उम्मेदवार रहेका छन् ।
बुधबाररातिदेखि चुनावी आचार संहिता लागू भएस“गै यहा“का राजनीतिक दलले आफना चुनावी प्रचारप्रसार तथा गतिविधि बन्द गरेका छन् । गएको वर्ष सो वडाका तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको जीप दुर्घटनामा परि मृत्यू भएपछि अहिले वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार