१० श्रावण २०८१, बिहीबार

प्रदेशको लोगो तत्काल सच्याऊ – प्रदेश सांसदहरू



धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले प्रदेशको निशान छाप (लोगो) मा भएको गल्ती तत्काल सच्याउन सरकारको ध्यानाकर्षण गरेका छन् ।


सुदूरपश्चिम प्रदेश सरकारको निशान छापमा प्रयोग भएको सुदूरपश्चिम प्रदेशको नक्सा त्रृटिपूर्ण रहेकोबारे अनुमोदन दैनिकमा शुक्रबार समाचार प्रकाशित भएपछि प्रदेश सभा सदस्यहरूले सो लोगो तत्काल सच्याउन सरकारको ध्यानाकर्षण गरेका छन् ।
‘प्रदेश सभाद्वारा गठित उपसमितिले नेपाल सरकारको आधिकारिक प्रदेशको नक्सा लोगोमा प्रयोग गर्न भनेका थियौ’ सुदूरपश्चिम प्रदेश सभामा नेपाली काग्रेस संसदिय दलका प्रवक्ता डिल्लीराज पन्तले भने– तर, लोगोमा कसरी नक्सा राखियो भन्नेमा हामीले त्यतिवेला ध्यान दिएनौं । लोगोमा प्रयोग भएको सुदूरपश्चिम प्रदेशको नक्सा गलत छ भने यो गम्भीर लापरबाही हो ।
प्रदेश सांसद पन्तले प्रदेश सरकारको लोगोप्रति संसदले गरेको निर्णयलाई सच्याउनु पर्ने नभए पनि त्यसमा आधिकारिक नक्सा राख्नुपर्ने बताए ।
प्रदेश सभाको लोगो निर्धारण उपसमितिका संयोजक बलदेव रेग्मीले लोगोमा प्रदेशको आधिकारिक नक्सा नै प्रयोग गर्ने भनिएको जानकारी दिए । ‘हामीले लोगोको अर्थ झल्काउने गरेर अंकित चिन्ह माग गरेका थियौं । सोही अनुसार प्रदेशको आधिकारिक नक्सा तथा अन्य अंकित चिन्ह प्रयोग गर्न छनौटमा परेका व्यक्तिलाई सुझाव दिएका थियौं’ उनले भने– त्यसमा प्रयोग भएको नक्सा त्रृटिपूर्ण छ भन्नेमा हामीले त्यतिवेला ध्यान दिएनौं ।
उपसमितिका संयोजक रेग्मीका अनुसार प्रदेशको लोगोको माथिपट्टी रहेको नेपालको झण्डा, झण्डाको मुनी रहेको निलो र सेतो रंगको हिमाल, मध्यभागमा रहेको हरियो रंगको पहाड, तलपट्टी समतल फा“ट, राष्ट्रिय झण्डाको दाया“ र बाया“तर्फ नौ वटा लालीगु“रास, अग्रभागमा प्रदेशको नक्सा, नक्साको तलपट्टी सुनौलो रंगको क्रस धानको बाला अंकित गरिएको थियो । उनले लोगोमा प्रयोग भएको नक्सा हस्तकलाबाट बनाउ“दा त्रृटी भएको हुनसक्ने दाबी गरे ।
उनले प्रदेश सभाले समिति बनाएर वा मन्त्रीपरिषदको बैठकबाट पनि लोगोमा राखिएको नक्सा सुधार गर्न सकिने बताए ।
यसैबीच, सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भने प्रदेशको लोगोमा रहेको गल्तीबारे अनभिज्ञता व्यक्त गरेको छ ।
सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले कम्प्यूटरमा रहेको प्रदेशको नक्सा नै लोगोमा प्रयोग गरेको स्वीकार गरे । ‘हामीले लोगोमा नक्साको आधारमात्र बनाएको हो’ उनले भने– लोगोमा सानो नक्सा हुने भएकाले चुच्चो र खाल्डोमा केही तलमाथि भएको हुन सक्छ ।
सुदूरपश्चिम प्रदेश सभाको प्रथम अधिवेशनबाट पारित भएको प्रदेश लोगोमा प्रयोग भएको नक्साको केही भाग चिनको तिब्बत र केही भाग कर्णाली प्रदेशमा गाभेको पाइएको छ ।
लोगोमा अंकित प्रदेशको नक्सामा दार्चुलाको कालापानीलाई सुदूरपश्चिम प्रदेशको सिमानाभित्रै रहेको देखाइए पनि अपि–सैपाल हिमालको केही भाग तिब्बत र बाजुराको केही भाग कर्णाली प्रदेशको जुम्लामा गाभिएकोे देखिएको भुगोलविदहरूको भनाई छ ।
प्रदेश सभाले लोगो छनौट गर्न प्रदेश सभाका सदस्यहरू रहेको लागो निर्धारण समिति बनाएको थियो । नमूना लोगो बनाउने प्रतिस्पर्धामा प्रदेशका पा“च जनाले भाग लिएका थिए । तीमध्ये डोटीको शिखर नगरपालिका वडा नम्बर ११ का टेकबहादुर किमाडीले बनाएको लोगो छनोेट गरिएको थियो ।
सुदूरपश्चिम प्रदेश सभाको २०७४ साल चैत २६ गतेको प्रथम अधिवेशनको ११ औं बैठकले सो लोगोलाई अनुमोदन गरेको थियो । प्रदेश सभाको पहिलो अधिवेशनको मुख्य उपलब्धीमा ‘लोगो निर्धारण मस्यौदा समिति गठन भई प्रदेश सभाको लोगो निर्धारण भएको’ उल्लेख छ । प्रदेशको रातो किताव तथा मन्त्रालयहरूको ऐन, कानुन, निर्णय वा परिपत्र गर्नुपर्दा सोही लोगो प्रयोग गर्ने गरेका छन् ।
लोगो निर्माता किमडीले भने– नेपालको आधिकारिक नक्सालाई प्रयोग गरेर कम्प्यूटरबाट नक्सा बनाएर लोगोमा राखेको हु“’ उनले चारपा“च दिनरात मिहिनेत गरेर लोगो बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार