२० बैशाख २०८१, बिहीबार

प्रदेश प्रमुख पन्तद्वारा पदभार ग्रहण (फाेटाे फिचर)



धनगढी । सुदूरपश्चिम प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त त्रिपाठीले पदभार ग्रहण गरेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदेश प्रमुखमा नियुक्त भएपछि बुधबार साँझ धनगढी पुगेकी पन्तले बिहीबार प्रदेश प्रमुखकाे कार्यालयमा पदभार ग्रहण गरेकी हुन् । उनलार्इ कार्यालयमा नेपाली सेनाले सलामी दिएकाे थियाे ।


पदभार ग्रहणपछि प्रदेश प्रमुख पन्तले नेपालकाे संविधानमा रहेर अाफ्नाे जिम्मेवारी निष्ठापूर्वक पुरा गर्ने बताइन् । सुदूरपश्चिम प्रदेश प्रमुख भएर अाउनु पर्दा अाफूलार्इ निकै खुशी लागेकाे बताउँदै उनले प्रदेशवासी सबैका साथ र सहयाेगकाे अपेक्षा समेत गरेकाे बताइन् ।

प्रदेश प्रमुख पन्तकाे पदभार ग्रहणमा प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्ट लगायत मन्त्री, सांसद् र कर्मचारीहरूकाे सहभागिता थियाे ।

राष्ट्रपति भण्डारीले सरकारकाे सिफारिसमा साेमबार सातै प्रदेशका प्रमुखहरूलार्इ नियुक्त गरी मंगलबार सपथ ग्रहण गराएकी थिइन् । यसअघिका सातै प्रदेशका प्रमुखहरूलार्इ अाइतबार पदमुक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार