२२ बैशाख २०८१, शनिबार

मानव सेवाआश्रमद्वारा सडक नाटक प्रस्तुत



धनगढी । मानव सेवा आश्रमले कैलाली र कञ्चनपुरमा सडक नाटक प्रस्तृति गरिरहेको छ । सकारात्मक सोच, सिर्जनशीलता, मानवीयता, सामाजिक भावनासहितको असल व्यक्ति निर्माण गर्ने उद्देश्यसहित कैलाली र कञ्चनपुरमा नाटक ‘लौरौं’ प्रस्तृति गरिरहेका हुन् ।


नेपालको काठमाडाक्टरैं, भक्तपुर र चितवनको भरतपुरका विभिन्न स्थानमा नाटक प्रदर्शन गरिसकेको टोलीले कैलालीमा १७ गतेबाट नाटक प्रस्तृति गरिरहेको मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।
नाटकका निर्देशक सुवाश क्षितिजले धनगढीको एश्वर्य विद्या निकेतन, शारदा माध्यामिक विद्यालय, हाटबजार लगायतका स्थानमा नाटक प्रस्तुत गरिसकेको बताए । उनले भने –‘कैलाली र कञ्चनपुरका विभिन्न विद्यालय, वडाक्टर, स्थानीय तहको कार्यालयमा २६ गतेसम्म नाटक प्रस्तुत गर्ने छौं ।’ उनले दैनिक चार स्थानमा नाटक प्रस्तुत गरिरहेको बताए ।
क्षितिज आफैले निर्माण गरेको ‘लौरौं’ नाटकमा सात वटा पात्र रहेका छन् । उनका अनुुसार नाटकमा दुई वटा मनोरोगी, एक मगन्ते, बुद्धिजिवी, सामाजिक अभियन्ता, आमा लगायतका पात्र रहेका छन् । २२ मिनेटको नाटकमा समाज मानव सहायताबाट टाढिदै गएको दृष्यलाई व्याख्या गरिएको छ । निर्देशक क्षितिजका अनुसार नाटकमा पुतली नामक पात्र मनोरोगी रहेकी छिन । मनोरोगी पुतलीलाई घर परिवारले निकालेपछि सडकमा आउ“छिन । सडकमा पुतली बलात्कृत हुन्छिन । गर्भावस्थामा पुगेकी पुतलीले सन्तान जन्माएको दुई दिनमै मृत्यु भएको दृष्य राखिएको छ । यस्तै लाले भन्ने ‘पेशावर मगन्ते’, जिम्बल बा लाई ‘समाजको टाठो बाठो’, सरस्वतीलाई ‘सामाजिक अभियन्ता’ को पात्रमा राखिएको छ ।
निर्देशक क्षितिजले भने– मनोरोगीलाई सहयोग गर्न अधिकांस चाहदैनन तर, नाटक गरेर माग्नेलाई जसले पनि पैसा दिन्छन् । यस्तै यस्तै दृष्य नाटकमा पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार