१० श्रावण २०८१, बिहीबार

छेडेदह पर्यटन महोत्सव शुरु



बाजुरा । बाजुराको छेडेदह गाउँपालिकामा आइतबारदेखि छेडेदह पर्यटन महोत्सव शुरु भएको छ । महोत्सवको सुदूरपश्चिमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले उद्घाटन गरे ।


सो अवसरमा मन्त्री शाहले जिल्लामा रहेका सम्भावनायुक्त धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण तथा सम्वद्र्धनमा स्थानीय तहले एकजुट हुनुपर्ने बताए ।
उनले धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार र संरक्षणको अभावमा पर्यटन विकासले गति लिननसकेको चर्चा गरे ।
कार्यक्रममा पूर्व सभासद महा नेपालीले जिल्लाको एक प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको छेडेदहको संरक्षण र संवद्र्धनमा ध्यान दिन आग्रह गरे ।
नेपाली काँग्रेस महासमिति सदस्य पदमबहादुर शाहीले स्थानीय उत्पादनको बजारीकरणका साथै मौलिक कला तथा संस्कृतिको संरक्षणमा ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा त्रिवेणी नगरपालिका प्रमुख रामसिंह रावल, बडिमालिका नगरपालिका प्रमुख पदमबहादुर बडुवाल, खप्तड छेडेदह गाउ“पालिका अध्यक्ष नरबहादुर रावत लगायतले धारणा व्यक्त गरेका थिए ।
जयमालिका यातायातको आयोजना र खप्तड छेडेदह गाउँपालिकाको सहआयोजनामा महोत्सव सञ्चालन भएको छ ।
जयमालिका यातायातका अध्यक्ष प्रेमनाथ योगीले महोत्सव कार्तिक १ गतेसम्म संचालन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार