१० श्रावण २०८१, बिहीबार

पहुँच र पूर्वाधार नहुँदा पर्यटक आएनन्



धनगढी । सुदूरपश्चिम पर्यटकीय हिसावले सुन्दर र रमणिय भएपनि पहुँच र पूर्वाधार नहुँदा आन्तरिक र वाह्य पर्यटकहरु आउन नसकेकोमा चिन्ता व्यक्त गरिएको छ ।
४० औं विश्व पर्यटन दिवसका अवसरमा शुक्रबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशको दिगो पर्यटन विकास विषयक अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले सुदूरपश्चिमको पर्यटन क्षेत्रको विकास गर्न होटल र सडक जस्ता पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने आवश्यक्ता औल्याएका थिए ।
सुदूरपश्चिमको समग्र पर्यटन विकासका लागि खप्तड र शुक्लाफाँटालाई केन्द्रविन्दुमा राखेर काम गर्नु पर्नेमा पनि सरोकारवालाहरुले जोड दिनु भएको थियो । छलफलमा डा. हेमराज पन्त, पर्यटन व्यवसायी दिनेशराज भण्डारी, मायाप्रकाश भट्ट पत्रकार चित्रांग थापा लगायतले भाग लिएका थिए ।
सो अवसरमा वोल्दै प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले सरोकारवाला र विज्ञहरुको राय सल्लाहमा पर्यटन क्षेत्रको विकास अघि बढाउने बताइन । उनले भनिन भ्रमण वर्ष २०२० लाई सफल बनाउन थप छलफलहरु चलाउने छ ।

सो मन्त्रालयले चालु आर्थिक वर्षमा पर्यटनका क्षेत्रमा ४२ करोड २६ लाख रुपैयाँ विनियोजन गरेको छ । भने वजेटबाट मुख्य गरेर सातवटा सूचना केन्द्र र पाँचवटा करिडोरको काम गरिने छ तयारी गरिएको छ ।

सो अवसरमा मन्त्रालयका गतिविधी बारे प्रकाश पार्दे पर्यटन विकास अधिकृत भोजराज पाठकले धनगढी, टीकापुर, ग¸ाचौकी, झुलाघाट, दार्चुला, कर्णाली चिसापानी र वझाङमा भिजिट साइपाल सूचना केन्द्र स्थापना गरिने बताए ।

पाँचवटा करिडोरमा खक्रौला, टीकापुर, चिसापानी, सुगरखालको वरपरका क्षेत्र, रामारोशन र वडीमालिका छ । महेन्द्रनगर, महाकाली, पर्शुराम, झुलाघाट, उकु दरवार जोलजिवी क्षेत्र र अपि हिमाल क्षेत्रलाई अर्को करिडर बनाइएको छ । झुलाघाट,त्रिपुरासुन्दरी, दशरथचन्द नगर, देहीमाण्डौ, खोड्पे, बझाङ हुँदै साइपाललाई पनि करिडार बनाउने योजना छ । यस्तै धनगढी, अत्तरिया, वुडर, डडेलधुराको उग्रतारा, खोड्पे, काँडा, उरैभञ्ज्याङहुँदै कैलास पर्वत जोड्ने अर्को कोरिडर बनाइने भएको छ । भने खप्तड जोड्नका लागि खुटिया, विपीनगर, वडीकेदार, शैलेश्वरीलाई करिडर बन्ने भएको छ । ती करिडरमा चार खालका काम गर्ने मन्त्रालयको योजना छ । जसअनुसार गन्तव्य विकास, करिडर प्रवद्र्धन, पर्यटकीय बस्तु र सेवा दिने र क्षमता र संस्थागत विकास गरिने बताइएको छ ।

चालु आर्थिक वर्षमा गतवर्ष भएका विस्तृत अध्ययन प्रतिवेदन अनुसार कैलालीको खक्रौलामा कैलाश पर्वत प्रवेशद्धार र कैलालीकै गर्भादरवार पुर्ननिर्माण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार