२० बैशाख २०८१, बिहीबार

धुमधामसंग संविधान दिवस मनाइयो (फाेटाे फिचरसहित)



धनगढी । विभिन्न कार्यक्रमसहित शुक्रबार धनगढीसहित देशभरी संविधान दिवस, २०७६ मनाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वारा शुक्रबार धनगढीमा प्रभातफेरि, प्रवचन सभा, लगायतका कार्यक्रम आयोजना गरियो ।


धनगढीको ट्राफिक चौराहादेखि धनगढी धनगढी क्षेत्रीय रंगशालासम्म प्रभातफेरि निकालिएकोे थियो । प्रभातफेरिमा सुदूरपश्चिम प्रदेशका विविध सांस्कृतिक झा“की समेत प्रदर्शन गरिएको थियो ।
प्रभातफेरिमा थारु समुदायको सखिया नाच, रानाथारु समुदायको होरि नाच, गौरा, बाजुरेली भुवा सहितका झाँकी समावेश थिए ।
त्यस्तै, प्रभातफेरिमा नेपाली सेनाको व्याण्ड, विभिन्न विद्यालय तथा विभिन्न संस्घसंस्थाका झाँकी पनि समावेश थिए।

प्रभातफेरिपछि धनगढी रंगशालामा आयोजित समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रिय झण्डोत्तलन गरेका थिए ।
सो अवसरमा नेपाली सेनाको ब्याण्डले राष्ट्रिय धुन बजाएको थियो । कार्यक्रममा लोकतन्त्र प्राप्ती र पुनःप्राप्तीका लागि भएगरेका संघर्षमा प्राणआहुती गरेका वीर शहीदहरूको सम्मानमा मौन धारण गरियो ।


समारोह संविधान दिवस मुल आयोजक समितिका अध्यक्ष तथा मुख्यमन्त्री भट्टको अध्यक्षतामा भएको थियो । समारोहमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयले संविधान दिवसको अवसरमा आयोजना गरेको व्याटमिन्टन प्रतियोगिताका विजेता कर्मचारीहरूलाई पुरस्कार वितरण गरियो ।

ब्याटमिन्टन प्रतियोगितामा नापी कार्यालयका कर्मचारी प्रथम तथा द्वितीय र जिल्ला समन्वयन समिति कैलाली तथा धनगढी उपमहानगरपालिका कर्मचारी तृतीय भएका थिए । विजेताहरूलाई क्रमशः पाँच हजार, चार हजार र तीन हजार रुपैया“ पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।
समारोहमा थारु समुदायको सखिया नाच, रानाको होरि, डोटीको गौरा, बाजुरेली भुवो, नेपाली सेनाको व्याण्ड, विभिन्न विद्यालय तथा संघसंस्थाका झा“की, नाटक प्रदर्शन गरिएको थियो ।


संविधान दिवसका अवसरमा शुक्रबार नै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा रक्तदान कार्यक्रम भएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारले संविधान दिवस, २०७६ का अवसरमा तीन दिनसम्म दिपावली सहितका कार्यक्रम आयोजना गर्ने निर्णय गरे अनुरुप धनगढीसहित प्रदेशका सबै जिल्लामा कार्यक्रम भइरहेका छन् ।
यस क्रममा बिहीबार प्रदेशका सबै मन्त्रालय, सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फहराइएका थिए । संविधान दिवसका अवसरमा बिहीबारदेखि तीन दिन मन्त्रालय तथा सबै सरकारी कार्यालयहरूमा दिपावली गर्ने निर्णय गरिएको छ ।
संविधान दिवसका अवसरमा आज (शनिबार) सबै सरकारी कार्यालयका हाताभित्र वृक्षारोपण गरिएकाे छ । त्यस्तै, गोदावरीमा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा प्रदेशका मुख्यमन्त्री भट्टसहित मन्त्री, सांसद्, कर्मचारी लगायतको उपस्थितिमा वृक्षारोपण गरेका छन् ।


विकासका लागि एक ठाउँमा उभिनै पर्छ– मुख्यमन्त्री भट्ट

संविधान दिवसका अवसरमा शुक्रबार आयोजित समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको आर्थिक समृद्धिका लागि सबै राजनीतिक दल तथा पक्ष एकजुट हुनै पर्ने बताए ।
उनले संविधान र कानुनहरू आफैं परिचालित नहुने भएकोले संविधान कार्यान्वयनका लागि सबैको दायित्व रहेको बताए ।
प्रदेश सरकारले शुक्रबार धनगढी रंगशालामा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले संविधानको पालना र कार्यान्वयन अहिलेको प्रमुख विषय रहेको बताए । उनले सुदूरपश्चिम प्रदेश सरकारले संविधान कार्यान्वयन गर्न कानुन बनाउने र कार्यान्वयन गर्ने काममा अग्रपंक्तिमा रहेको चर्चा गरे ।
नेपालमा संघीयता नयाँ अभ्यास र संरचना भएको दोहो¥याउ“दै मुख्यमन्त्रीले संविधान कार्यान्वयनमा केही कठिनाई रहनु् स्वाभाविक रहेको बताए । उनले असन्तुष्ट पक्षलाई समेत मिलाउ“दै लैजानुपर्ने बताए ।
मुख्यमन्त्रीले नेपालको संविधानलाई सबैको साझा दस्तावेजका रुपमा स्थापित गर्न नसकेसम्म अन्यौल र समस्या रहिरहने बताए ।
उनले स्थानीय, प्रदेश तथा संघीयm सरकार तथा आम नागरिक एक ठाउ“मा नउभिएसम्म संविधान पूर्ण रुपमा कार्यान्वयन हुन नसक्ने बताए । उनले भने– संविधानको पूर्ण कार्यान्वयन तथा समृद्धिका निम्ति सबै तहका सरकार र नागरिक एक ठाउ“मा उभिनुपनै पर्छ ।
उनले संविधान र संघीयता कार्यान्वयनमा देश असफल भए यो नेपालीका लागि सबैभन्दा दुर्भाग्य हुने चर्चा गरे ।
उनले प्रदेशको आर्थिक र पूर्वाधार विकास तथा संविधान कार्यान्वयन गर्ने विषयमा प्रदेश सरकारसंग र स्थानीय तहबीचको आपसी समन्वय सहकार्यका लागि स्थानीय तहहरूलाई आग्रह गरे । “आलोचना होइन, समन्वय र सहकार्य गरौं,’ मुख्यमन्त्री भट्टले भने– एकअर्कालाई सुधार गर्ने मौका दिऊ । तब मात्रै विकासको गति अगाडि बढ्नेछ ।


कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले नेपालको नेपालको संविधान संसारकै उत्कृष्ट संविधान रहेको चर्चा गरे ।


उनले विगतमा बनेका सात वटा संविधान शासकको दृष्टकोणबाट निर्माण भएको र नेपालको संविधान, २०७२ मात्रै नागरिकको अधिकारको पक्षमा रहेको बताए । उनले नेपालको संविधानले नागरिकलाई सर्वोपरी र मुलुकको मालिक बनाएको बताए । उनले संविधानले सत्तामा रहेका व्यक्तिहरूलाई शासक नभनेर नागरिकको सेवकको रुपमा व्यख्या गरेकाले सबैले नागरिककै सेवकको भूमिकामा रहेर संविधान पालना गर्नुपर्ने बताए ।

निःशुल्क सिकलसेल परीक्षण


संविधान दिवसको अवसरका धनगढी उपमहानगरपालिका वडा नम्बर ६, जालीमा सिकलसेल एनिमियाको निःशुल्क परीक्षण गरिएको छ ।
वडा नम्बर ६ को वडा कार्यालयको सहकार्य र धनगढी डाइग्नोसिस एण्ड रिसर्च सेन्टरको आयोजनामा जालीमा थारु समुदायका लागि निःशुल्क रक्त परीक्षण सेवा प्रदान गरिएको थियो ।
सिसर्च सेन्टरका प्रबन्ध निर्देशक महेन्द्रबहादुर साउँदले एक सय ९९ जनाको निःशुल्क रगत परीक्षण गरिएको बताए ।
सो अवसरमा वडाध्यक्ष भागीराम चौधरीले वडाको सबै नागरिकहरूको निःशुल्क रक्त परीक्षण गराउन वडा कार्यालयको योजना रहेको बताए ।

विभिन्न कार्यक्रम आयोजना

संविधान दिवस, २०७६ का अवसरमा शुक्रबार कैलाली सहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला र स्थानमा विविध कार्यक्रम भएका छन् ।
यस क्रममा प्रदेशको सामाजिक विकास मन्त्रालयले रक्तदान लगायतका कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा १९ जनाले रक्तदान गरेका थिए ।
त्यस्तै महिला कर्मचारीहरुबीच म्यूजिकल चियर प्रतियोगिता भएको छ । मन्त्रालयको खेलकुद महाशाखाले आयोजना गरेको प्रतियोगितामा महिला विकास निरिक्षक प्रतिभा श्रेष्ठ प्रथम भएकी थिइन् । त्यस्तै, चम्फा जोशी द्वितीय र दिक्षा भण्डारी तृतीय भइन् । प्रतियोगितामा १३ जना महिला कर्मचारीको सहभागिता रहेको थियो ।

चार कैदी रिहा

संविधान दिवसको अवसरमा जिल्ला कारागार कैलालीमा रहेका चार कैदी बन्दी रिहा गरिएका छन् । असल चालचलन, आचरण सुधार र ४० प्रतिशत कैद भुक्तान गरेका चार जना कैदीबन्दीलाई रिहा गरिएको जिल्ला कारागार कैलालीका निमित्त प्रमुख भक्तबहादुर विष्टले जानकारी दिए ।
रिहा हुनेमा ज्यान मार्ने उद्योगमा कैद भुक्तान गरिरहेका कैलालीका विपतराम चौधरी, सवारी ज्यान उद्योगका टीकापुर नगरपालिका वडा नम्बर ४ का राजाराम थारु, सवारी दुर्घटना अंगभंगमा जेल जीवन बिताइरहेका कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८ का मोती उराउ र सोही मुद्दाका बर्दिया नगरपालिका वडा नम्बर ८ का हस्तबहादुर शाही रहेका छन् ।

बृक्षारोपण तथा सरसफाई

दिवसका अवसरमा गुडविल फाइनान्स लिमिटेडले धनगढीको शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिङ धाममा शुक्रबार बृक्षारोपण तथा सरसफाई गरेको छ ।
सो अवसरमा रक्तचन्दन, अमला, र वेलका विरुवा रोपिएको गुडविल फाइनान्सका धनगढी शाखाका प्रमुख अमरबहादुर बोगटीले बताए ।
कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष दिपककुमार थापा र शिवपुरी उत्तररामेश्वरम धामका अध्यक्ष बलदेव भट्ट लगायतले विरुवा रोपेका थिए ।
शुक्रबार नै शिवपुरी धाम परिसरमा सरसफाई पनि गरिएकोे छ । संस्थाले धामलाई एक थान डस्टबिन पनि हस्तान्तरण गरेको छ ।

टीकापुरमा सरसफाई

संविधान दिवसको अवसरमा कैलालीको टीकापुर नगरपालिकाको आयोजनामा नगर सरसफाइ गरिएको छ ।
सो अवसरमा नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी भन्सार राजश्व अनुगमन तथा प्रशिक्षण कार्यालय, संचारकर्मीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको सहभागी रहेको थियो ।
त्यस्तै, टीकापुर अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ ।
त्यसैगरी जानकी गाउपालिकाको दुर्गौलीमा पनि सरसफाई गरिएको छ । सरसफाइ कार्यक्रममा गाउपालिका अध्यक्ष प्रदिपकुमार चौधरी लगायत जनप्रतिनिधिहरु तथा स्थानियहरुको सहभागीता रहेको थियो ।
त्यसैगरी भजनी नगरपालिकाले पनि सरसफाई कार्यक्रम सहित संविधान दिवसको अवसमार प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

साडेपानी बजार सरसफाई

संविधान दिवसका अवसरमा घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानी बजार सरसफाई गरिएको छ ।
महेन्द्र स्मृति युथ क्लवको आयोजनामा भएको सरसफाई कार्यक्रममा व्यापारी, जनप्रतिनिधि, क्लवका सदस्य, प्रहरी, बुद्धिजिबि, समाजसेबी लगायतको सहभागिता रहेको क्लवका सचिव सनेश शाहीले बताए ।
त्यस्तै, सुख्खड बजारमा पनि सरसफाई गरिएकोृ छ । घोडाघोडी नगरपालिका र घोडाघोडी उध्योग वाणिज्य सघको आयोजनामा सरसफाई कार्यक्रम भएको थियो ।


चुरेमा संविधान दिवस

कैलालीको चुरे गाउँपालिमा चौथो संविधान दिवस भव्य रुपमा मनाइएको छ ।
कार्यक्रममा गाउ“पालिकाका अध्यक्ष धनबहादुर रोकामगर, नेकपाका हरिशंकर योगी, गाउ“पालिका उपाध्यक्ष दीपा देवी साउ“द, लोकबहादुर सारुमगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा देउडा प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

डोटीमा विविध कार्यक्रम

संविधान दिवसका अवसरमा डोटीको सदरमुकाम सहित विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरिएका छन ।
सदरमुकाम सिलगढीमा इन्द्रचोकदेखि शुरु भएको ¥्याली जिल्ला समन्वय समितिको सभाहलमा पुगेर सभामा परिणत भएको थियो ।
पूर्व संविधान सभा सदस्य हर्कबहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्थित सकारकारी गैरसरकारी संघ संस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी सायल गाउँपालिकामा र्याली, सभा, विद्यालय स्तरिय वक्तृत्वकला लगायतका कार्यक्रम भएका छन् ।

महेन्द्रनगरमा संविधान दिवस

संविधान दिवसको अवसरमा कञ्चनपुरका विभिन्न स्थानमा शुक्रबार प्रभातफेरी निकालिएको छ ।
भीमदत्त नगरपालिका, बेलडा“डी, बेलौरी, पुनर्बास, लालझाडी, कृष्णपुर, शुक्लाफाटा, बेदकोट र महाकाली नगरमा प्रभातफेरी निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार