२२ बैशाख २०८१, शनिबार

कञ्चनको वार्षिकोत्सव



धनगढी । कञ्चन डेभलपमेण्ट बैंक लिमिटेडले बिहीबार विभिन्न कार्यक्रमसहित १० औं वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवका अवसरमा बैंकको धनगढी शाखाले आमाको माया छात्रावासमा विभिन्न सामग्री सहयोग गरेको छ । बिहीबार आयोजित एक समारोहमा बैंकका संस्थापक गणेशसिंह ठकुरीले आमाको माया छात्रावासलाई भाडाकुँडा, कम्बल, सिरानी लगायतका सामग्री प्रदान गरे ।
सो अवसरमा संस्थापक ठकुरीले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आइरहेको र महेन्द्रनगर शाखाले ज्येष्ठ नागरिक केन्द्रलाई सामा्री सहयोग गरेको जानकारी दिए ।
कञ्चन डेभलपमेन्टको केन्द्रीय कार्यालय महेन्द्रनगरमा रहेको छ । बैंकका सुदूरपश्चिमको कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र बैतडी लगायतका पाँच जिल्लामा १७ वटा शाखा रहेको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले एक शाखाबाट तीन जना विद्यार्थी सहित ५१ जना विद्यार्थीलाई छात्रवृति प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार