२० बैशाख २०८१, बिहीबार

धुमधामसंग गुरही पर्व मनाइयो (फाेटाेफिचरसहित)



धनगढी । पश्चिम तराईमा थारु समुदायले सोमबार धुमधामका साथ गुरही पर्व मनाएका छन् ।


थारु समुदायले हरेक वर्ष नागपञ्चमीका दिन गुरही पर्व बनाउदै आएका छन् । थारु समुदायमा गुरही पर्व मनाउदा किरा फट्यांग्राको नाश हुने विश्वास छ ।
हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने गुरही पर्वमा थारु समुदायले गाइने किरालाई केराको पातको डा“ठले हिर्राएर भगाउने चलन छ ।
गाउ“भरीका सबै मानिस एउटा चोकमा जम्मा भएर चोकमा उम्रेको ‘कुश’ एक सासमा उखेलेर केटाहरूले केराको पातेडा“ठ, कुशको सोंटा (कोर्रा) हिर्काउने र महिलाले आफूले कपडाबाट बनाएको ‘गाइने’ त्यही फाल्ने प्रचलन छ । कुश उखेलेपछि निस्किएका किरा र सर्पलाई पुरुषले पिटेर धपाउने चलन रहेको माधव चौधरीले बताए ।


यसरी पिटेर किरा धपाइसकेपछि पुरुषले महिलासंग मकै, मटर र चनाको भुजा ‘घुघ्री दे, घुघ्री दे’ भन्दै मागेर खाने चलन छ । महिलाले गाइने किराको आकृति बनाएर ल्याएको ढकियामा खानेकुरा राखेर ल्याएका हुन्छन् ।
पश्चिमका देउखुरिया र देसाउरिया थारु समुदायले यो पर्व मनाउने गरेका छन् । उनीहरूसंग पछिल्लो समयमा डगौराथारु समुदायले पनि गुरही मनाउन थालेका छन् ।
पछिल्लो समयमा धनगढी लगायतका शहरी क्षेत्रमा गुरही पर्वलाई उत्सवको रुपमा औपचारिक कार्यक्रम गरी मनाउन थालिएको छ । पछिल्ला केही वर्षयता धनगढीको क्याम्पस चोकमा थारु समुदायले औपचारिक कार्यक्रम आयोजना गरि गुरही पर्व मनाउने गरेका छन् । उनीहरूले क्याम्पस चोकलाई गुरही चोक नामाकरण गरेका छन् । थारु कल्याणकारिणी सभाका कार्यबाहक अध्यक्ष माधव चौधरीले सो चोकलाई सरकारले समेत गुरही चोकको रुपमा नामाकरण गर्न माग गरे ।

थारु समुदायले यो पर्वलाई रोपाई पछिको र वर्षमै पहिलो चाडको रुपमा मनाउने गरेका छन् । थारु समुदायले ‘गुरही’ बाटै वर्षको चाड मनाउन शुरु भएको विश्वास गर्छन् र कतिपय थारु गाउ“मा यसै दिन रोपाई सकेको खुशियालीमा ‘हरडहुवा’ खाने पनि चलन छ ।
गुरही पर्वपछि विषालु किरा र सर्पहरू एक वर्षका लागि नफर्कने थारु समुदायमा विश्वास छ । यसका साथै किराहरूसंगै रोगव्याधी पनि टाढिने विश्वास थारु समुदायमा रहेको थारु अगुवा प्रभातकुमार चौधरीले बताए । ‘यसरी पिटीरहेको ठाउ“मा कपडाले बनाएको गाइने फाल्दा त्यसैसंग रोग पनि सतिजाने विश्वास थारु समुदायको छ’ थारु अगुवा प्रभातले भने– थारु समुदायमा गाइने किरा (गुरही) लाई संकटको प्रतिकको रुपमा मान्ने गरिन्छ ।
गुरही सेलाउनाले साना बालबालिकाहरूमा लागेको आ“खा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने विश्वावस थारु समुदायमा छ । चौधरीले गाउँमा भएको दुःख, संकट वा दैविक, प्राकृतिक विपत्ती समेत टाढिने जनविश्वास रहेको बताए ।

थारु अगुवा लाहुराम चौधरीले यस पर्वदेखि पृथ्वीको तापक्रम घट्ने भएकाले सर्प लगायतका विषालु किरालाई विदा गर्न यो पर्व मनाइएको बताए । उनका अनुसार जाडोमा सर्प र विषालु किराहरू कठ्यांग्रिएर मर्ने भएकाले उनीहरूलाई पटालमा बस्न पठाइएको हो ।
पछिल्लो समयमा थारु समुदायले सामाजिक सद्भाव र आपसी मित्रता बढाउन मद्दत गर्नुका साथै खेतीपाती गरिसकेपछि रमाइलो गर्ने पहिलो पर्वको रुपमा पनि लिइएको मात्रै नभएर पहिचानको रुपमा समेत गुहरी मनाउन थालेको छन् ।


‘यो पर्व आदिवासी समुदायको समाजमा पहिचान गराउने एउटा सशक्त माध्ययम पनि हो,’ लाहुरामले भने, ‘यसले आदिवासी थारु भनेका प्रकृति पुजक हुन् भनेर चिनाउ“छ । थारुहरूकै धर्म भनेको प्रकृति पुजन हो । उनीहरूको हरेक चाडमा प्रकृतिको पुजा गरिन्छ र प्राकृतिक सौन्दर्य अनुसारका पर्वमा थारु समुदायमा पर्व मनाउने गरेको पाइन्छ ।’
२०७२ सालमा पहिलो पटक धनगढीबाट औचारिक कार्यक्रम गरी गुरही मनाइएपछि यसले निरन्तरता पाएको छ । यसवर्ष बर्दियाली थारु विकास मञ्च, चम्पन सांस्कृतिक, समुह, थारु विद्यार्थी समाज लगायत संगठनहरूको आयोजनामा काठमाडौंमा समेत औपचारिक कार्यक्रम गरी गुरही मनाइएको छ ।
यसैगरी, सोमबार धनगढीमा गुहरी मुल आयोजक समितिको आयोजनामा विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाइएको छ । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट, थारु अगुवा प्रभात चौधरी, माधव चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न किसिमका नाच, गीतहरू समेत प्रस्तुत गरिएको थियो । थारु समुदायको पोषाकमा हजारौं युवायुवतीहरूको सहभागितामा भएको कार्यक्रममा गुरही मनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार