२१ बैशाख २०८१, शुक्रबार

ग्रेस अफ सगरमाथाको अडिसन हुँदै



धनगढी । ‘ग्रेस अफ सगरमाथा २०१९’ प्रतियोगिताको धनगढी अडिसन आगामी शनिबार हुने भएको छ । अवतार इन्टरनेशनलको आयोजनामा हुने सो प्रतियोगिताका लागि देशभरीबाट अडिसनमार्फत प्रतियोगी छनौट भइरहेको जनाइएको छ ।

आयोजकले मंगलबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेशका लागि महिला तथा पुरुषको अडिसन हुने जानकारी दिएको छ ।
अडिसनमार्फत ३० जना युवा, युवती छनौट गरिने आयोजक समितिका सदस्य जोनबहादुर वमले जानकारी दिए ।
प्रतियोगितामा छनौट भएका प्रतियोगिले तालिम चरणमा प्रवेश गर्न २० हजार शूल्क तिर्नुपर्ने उनले बताए ।
प्रतियोगिता विजेताले स्कुटर, ओप्पो मोवाईल, चलचित्रमा खेल्ने मौका लगायतका पुरस्कार दिइने जनाइएको छ ।
त्यस्तै प्रथम रनरअपले एक लाख ५० हजार, दोस्रो रनरअपले एक लाख मूल्य बराबरको पुरस्कार, पूर्ण छात्रवृत्ति, विदेश भ्रमण लगायतका अवसर प्राप्त गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार