नयाँ कर नीतिबारे उद्योगी व्यवसायी आन्दोलित
धनगढी । नेपाल सरकारको नयाँ कर नीतिका बिरुद्ध कैलालीका उद्योगी व्यवसायीहरू बिरोधमा उत्रिएका छन् ।
कैलाली उद्योग वाणिज्य संघको अगुवाईमा आइतबार उद्योगी व्यवसायीहरूले धनगढीमा बिरोध र्याली निकाले । कैलाली उद्योग वाणिज्य संघको कार्यालयबाट निस्किएको बिरोध र्याली ट्राफिक चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य गोपाल हमालले नेपाल सरकारले युरोपीयन देशमा लागु भएको कर प्रणाली भित्राएको चर्चा गरे । ‘युरोपीयन देशहरूमा लागु भएको कर प्रणाली ल्याउने, तर जनताले सामान्य सेवा समेत नपाउने अवस्था छ’ व्यवसायी हमालले भने– हात कसरी धुने भन्दै सिकाउन पर्ने देशमा युरोपको कर प्रणाली लगाउने बेला भएको छैन । त्यहा“को कर नीति लागु गर्न सुरुमा जनताले त्यहाको जस्तो सेवा सुविधा पाएको हुनुपर्छ ।
उनले सरकारको नया“ कर नीतिले व्यवसायीलाई मात्र नभई जनतालाई ठुलो समस्या पर्ने दाबी गरे । ‘जनताले हरेक सामान खरिद गर्दा कर तिरेका हुन्छन्’ उनले भने– व्यवसायी त कर तिर्ने माध्यम मात्रै हो ।
उनले जनताले तिरेको करको सदुपयोग नहुदा झनै नैराश्यता बढेको बताए । सरकारले कर बढाउँदै लैजाने, तर हरेक बर्ष ठुलो बजेट रकम फ्रिज जाने समस्या यथावत रहेको बताए । भने– विकास बजेट खर्च नै गर्न नसक्ने भएपछि नया“–नया“ कर नीति केका लागि ?
कोणसभामा कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले सरकारले ल्याएको नयाँ कर नीतिका बारेमा व्यावसायी अनविज्ञ रहेको बताए । ‘सरकारले जनतालाई सूचना समेत नदिएर कर नीति लागु गरेको छ’ उनले भने– नीतिका बारेमा चार्टर एकाउटेण्टहरूलाई समेत जानकारी छैन् ।
गोदावरी चेम्बर अफ कमर्सका अध्यक्ष बिनोद मल्लले व्यवसायीहरूलाई दुःख दिने नियतले सरकारले लागु गरेको कर प्रणाली खारेजीको माग गरे ।
होलसेल व्यवसायी संघ धनगढीका अध्यक्ष तिलक खतिवडाले सरकारले ल्याएको नयाँ ऐनहरूबाट व्यवसायीहरू व्यवसाय गर्न सक्ने अवस्थामा नरहने बताए । व्यवसायीहरूले सरकारले आर्थिक वर्ष २०७६/०७७ मा लागु गर्न ल्याएको भेहिकल एण्ड कन्साईमेण्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) लगायत प्राबधानहरू खारेज गर्नुपर्ने अडान राख्दै आएका छन् ।
सरकारको नया“ नीतिको विरोधमा व्यवसायीहरू बिरोधमा छन् भने देशभरिको ढुवानी पनि ठप्प रहेको छ ।