१० श्रावण २०८१, बिहीबार

वडा कार्यालय उद्घाटन



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १९ मा नवनिर्मित वडा कार्यालय भवनको मंगलबार उद्घाटन गरिएको छ ।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले एक कार्यक्रमबीच वडा कार्यालय भवनको उद्घाटन गरे ।
सो अवसरमा नगर प्रमुख वडले उपमहानगरपालिकाका सबै वडा कार्यालयका आफ्नै भवन निर्माण गर्ने योजना जारी रहेको बताए । उनका अनुसार उपमहानगरपालिकाका १९ मध्ये छ वटा वडाका आफ्नै कार्यालय भवन छन् ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारीले वडा कार्यालयहरू व्यवस्थित रहेको चर्चा गरे ।
सो अवसरमा उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष तिलुराम चौधरीले वडा कार्यालय निर्माणमा सहयोग गर्ने सबैमा आभार प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार