२ जेष्ठ २०८१, बुधबार

सेती अञ्चल अस्पतालको स्तरोन्नती गर्ने सरकारको निर्णय



धनगढी । सकारले धनगढीमा रहेको सेती अञ्चल अस्पतालको स्तरोन्नती गर्ने निर्णय पारित गरेको छ । हाल सरकार तहका ५० र विकास समिति ७५ गरी एक सय २५ सैय्या रहेका छन् । मन्त्री परिषद्को शुक्रबारको बैठकले यो अस्पताललाई तीन सय सैय्याको अस्पताल बनाउने निर्णय गरेको जनाइएको छ ।
यससंगै सेती अञ्चल अस्पतालको क्षेत्रीय अस्पतालका रूपमा स्तरोन्नती गर्ने बाटो खुलेको छ । सेती अञ्चल अस्पतालको स्तरोन्नतीका लागि कैलाली क्षेत्र नम्बर ५ का नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार नेतृ डाक्टर आरजु राणा देउवाले एक सातादेखि विशेष पहल गर्दै आएकी थिइन् ।
चुनावी प्रचारप्रसारका क्रममा विभिन्न ठाउँमा भएका सभा तथा अस्पताल निरीक्षणका क्रममा डाक्टर आरजुले अस्पतालको स्तरोन्नतीका लागि विशेष पहल गरिरहेको जनाएकी थिइन् ।
‘म कैलाली लगायत प्रदेश नम्बर ७ मा शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा तीब्र विकासको आकांक्षासहित नै यहाँबाट चुनाव लडेकी छु’ शनिबार नेपाल मेडिकल एसोसिएसनले धनगढीमा आयोजना गरेको अन्तरक्रियामा उनले भनिन्– ‘मन्त्रीपरिषद्बाट यो अस्पतालको स्तरोन्नतीका लागि निर्णय पारित गरेको छ, अब केही दिनभित्रै बजेट विनियोजन प्रक्रिया हुने छ ।’
उनले अस्पतालको स्तरोन्नतीपछि अत्याधुनिक उपचार सेवा, आइसियु कक्षलाई थप व्यवस्थित गरिने र आधुनिक र सुविधासम्पन्न प्रसूतिगृहको निर्माण हुने बताइन् । उनले यससंगै प्रदेश नम्बर ७ का सबै सरकारी अस्पताल र स्वास्थ्य संस्थालाई आधुनिक उपचार सेवासम्पन्न बनाउने बताइन् ।
अन्तरक्रियामा सेती अञ्चल अस्पताल विकास समितिका अध्यक्ष रीता भण्डारी बमले हाल सरकारी स्तरबाट ५० सैय्या मात्रै रहेको र अस्पतालमा एक सय ६ जना स्वास्थ्यकर्मी तथा कर्मचारीको दरबन्दी रहे पनि हाल ८९ जना मात्रै कार्यरत रहेको जानकारी दिइन् ।
कार्यक्रम मेडिकल एसोसिएसनका सचिव डाक्टर प्रदीप मिश्रले सञ्चालन गरेका थिए ।

मंसिर १० गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार