१६ बैशाख २०८१, आईतवार

रील लाइफका भिलेन तेजा



धनगढी । सुदूरपश्चिको कञ्चनपुर झलारीका तेजा ऐर नेपाली चलचित्रको क्षेत्रमा स्थापित भिलेनको नाम हो ।
थारू चलचित्र ‘मोर बस्ती’बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका तेजाले हालसम्म दर्जनौं चलचित्रमा खलपात्रको भूमिका निर्वाह गरेका छन् । झलारीका स्थानीय वासिन्दा तेजाले अभिनय गरेका सबै चलचित्रमा खलपात्रकै भूमिका निभाएका छन् ।
तेजाले अभिनय गरेकामध्ये हिम्मतवाली, चलेछ बतास सुस्तरी, जय प्रशुरामलगायतका चलचित्र सफल चलचित्र मानिन्छन् । सधैँ रील लाइफमा भिलेनका रूपमा देखा पर्ने तेजा आफू वास्तविक रूपमा मिजासिलो र व्यवहारिक र एक शब्दमा भन्दा रील लाइफ भन्दा ठिक फरक भएको बताए ।
अहिले सुदूरपश्चिमको विभिन्न क्षेत्रमा छायांकन भइरहेको चलचित्र ‘कमलीको बिहे’ मा व्यस्त तेजा छायांकन सकिए लगतै फेरि अर्काे चलचित्र छायांकनका लागि काठमाडौँ जाने बताए ।
१५ वर्षे मुम्बई बसाइका क्रममा चलचित्र क्षेत्रमा आकर्षित तेजाले सुरुमा स्थानीय थारू भाषाको चलचित्रबाट आफ्नो यात्रा सुरु गरेको भए पनि हाल उनी नेपाली चलचित्रका व्यस्त खलपात्रका रूपमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार