११ बैशाख २०८१, मंगलवार

कञ्चनपुरको भूमिसुधार तथा मालपोत कार्यालय प्रविधियुक्त बन्दै





महेन्द्रनगर \ कञ्चनपुरको भूमिसुधार तथा मालपोत कार्यालय प्रविधिमुलक हुने भएको छ । सो कार्यालयलाई प्रविधिमुलक बनाउनका लागि काम सुरु गरिएको छ ।

कार्यालय प्रमुख खेमराज खत्रीका अनुसार ढड्डाहरुलाई स्क्याान गरेर सफ्टवेयरमा राख्ने काम सुरु भएको छ ।

एक कम्पनीलाई जिम्मा दिएर दुई साता अगाडिदेखि प्रविधिमुलक कार्यालय बनाउन काम सुरु भएको हो उहाँले भन्नुभयो,अवको २५ दिन जतिमो सो काम सकिने अनुमान छ ।

यसरी भूमिसुधार तथा मालपोत कार्यालय प्रविधिमा जाँदा जनताको काम छिटो छरितो रुपमा हुने विश्वास यहाँ गरिएको छ । सो कार्यालय प्रविधिमुलक हुने वित्तिकै सम्बन्धित स्थानीय तहबाट समेत जनतालाई सेवा दिन मिल्न कार्यालय प्रमुख खत्रीले बताए ।
कर्मचारी सहज भए सेवाग्राही


यसैवीच भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरमा सेवा लिन आउने सेवाग्राहीले सरल रुपमा सेवा पाइरहेको बताएका छन् ।

पछिल्लो केही समययता कार्यालय प्रमुख र अधिकृतहरुको आपसी विवाद तथा बिचौलीयाहरुको कारण बद्नाम अवस्थामा रहेको महेन्द्रनगरस्थित मालपोल कार्यालयमा सुधार आएको पाइएको सेवाग्राहीहरुले बताएका छन् ।

छ महिना पहिले सामान्य जग्गा रोक्का गर्न कि त घुस दिनु पर्दथ्यो नभए एक दिन लाग्ने काम तीन दिनमा सकिन्थ्यो जग्गा नामसारी गर्न आउनुभएका सेवाग्राही भीमदत्त नगरपालिका वडानम्बर २ का गणेश जोशीले स्मरण गर्दै भने ‘आज दोस्रो दिन हो, आज मेरो काम भइहाल्छ, यति समय त लाग्छ नै, सन्तुष्ट छु ।’

यस्तै लालपुर्जा निकाल्न आउनुभएका भीमदत्त नगरपालिका वडानम्बर २ का ६० वर्षीय सरु भट्टले भने –‘आजै आएको हुँ, लालपुर्जा पाएर घर जाँदै छु ।’ उनीसंगै आएकी उनकी बुहारी बसन्ती भट्टले पनि एकैदिनमा काम भएर घर फर्कन पाएकोमा खुसी व्यक्त गरिन ।

पहिले के थियो म भन्न सक्दैन तर २०७७ साल जेठ २७ गतेबाट कार्यालय प्रमुखमा म छु मालपोत कार्यालयका कार्यालयका प्रमुख खत्रीले भने , म आएपछि यो कार्यालयमा निक्कै सुधार गर्ने प्रयास गरेको छु ।

उनले बन्दाबन्दीमा पनि सबै कर्मचारी कार्यालय आउने गरेको र सामाजिक दुरी कायम गराएर सेवा प्रवाह भइरहेको बताए ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित जिल्ला सुसाशन समितिले भरखरै मात्र ४१ कार्यालयमा गरेको अनुगमन मूल्याङकन प्रतिवेदनमा भूमिसुधार तथा मालपोत कार्यालय महेन्द्रनगरलाई उत्कृट कार्यालय ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार