११ बैशाख २०८१, मंगलवार

सहकारी क्षेत्रका केन्द्रीय विज्ञको टोली धनगढी आउँदै



धनगढी । सहकारी क्षेत्रका केन्द्रीय विज्ञ सम्मिलित टोली धनगढी आउने भएको छ । नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्न इजाजत पत्र प्राप्त नेपालको पहिलो सहकारी संस्था नवजीवन सहकारी संस्था लिमिटेड कर्पोरेट कार्यालय धनगढीको आयोजनामा हुने सहकारी ऐन २०७४ मा भएका मुलभूत विशेषताहरु चुनौती र अवसर लगायत विषयमा सहभागी हुन टोली आउन लागेको कार्यालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
हालै मात्र नेपाल सरकारबाट जारी भएको सहकारी ऐन २०७४ का विषयमा जिल्लामा सञ्चालित सहकारी संस्थाहरुलाई अबगत गराउने उद्देश्यले यस क्षेत्रकै ठूलो सहकारी नवजीवनको अगुवाईमा सहकारी विज्ञहरुलाई राखेर मंसिर २९ गते धनगढीमा कार्यशाला गोष्ठिको आयोजना गर्न लागेको नवजीवन सहकारी संस्था लिमिटेड कर्पोरेट कार्यालय धनगढीका महाप्रबन्धक मोहनराज भट्टले जानकारी गराए ।
अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष एवं पुर्वमन्त्री केशव बडाल, नेपाल बचत तथा ऋण सहकारी संस्थाहरुका महासचिव चन्द्र ढकाल तथा राष्ट्रिय सहकारी विभागका पदाधिकारी आउने कार्यक्रम रहेको उनले बताए । जिल्लामा क्रियाशिल ५० भन्दा बढी सहकारी संस्थाका १०० जना पदाधिकारीलाई कार्यशाला गोष्ठिमा आमन्त्रण गरिएको संस्थाका अध्यक्ष रतन कठायतले बताए ।
गोष्ठिमा सहकारी ऐनमा भएका सबल एवं दुर्लब पक्षहरुबाट सहकारी क्षेत्रमा पर्ने प्रत्यक्ष अप्रत्यक्ष उपर विश्लेषण, विवेचना र छलफल आगामी दिनमा निर्माण हुने सहकारी नियमावली एवं मापदण्डहरुमा यस क्षेत्रका सहकारी संस्थाहरुका समस्याहरु सम्बोधन गर्न राय सुझाव आदानप्रदानमा समेत सहज होस् भन्नका लागि यसप्रकारको कार्यक्रमको आयोजना गरिन लागेको आयोजक संस्थाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार