१३ बैशाख २०८१, बिहीबार

ऊखुको मूल्य निर्धारण



कञ्चनपुर । कञ्चनपुरमा उखुको मूल्य निर्धारण गरिएको छ । उखु उत्पादक किसान हकहित समिति कञ्चनपुर र महाकाली इन्डस्ट्रिज प्रालिबीच भएको सहमतिअनुसार उखुको मूल्य निर्धारण गरिएको जनाइएको छ ।
समितिका कोषाध्यक्ष चेतनकुमार राईका अनुसार अति सामान्यको प्रति क्विन्टल चार सय ४१, सामान्यको चार सय ५१ र उत्तमखाले उखुको मूल्य प्रतिक्विन्टल चार सय ७१ रुपैयाँ निर्धारण गरिएको छ ।
गतवर्ष अति सामान्यको चार सय २१, सामान्यको चार सय ३२ र उत्तम खालको उखुको प्रतिक्विन्टल चार सय ५१ रुपैयाँ निर्धारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार