१५ चैत्र २०८०, बिहीबार

बजाज आर–ई ग्राहक भेला



धनगढी । दिनेश अटोमोटिभ्स र बजाज आर–ईको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिको संयुक्त आयोजनामा शनिबार धनगढीमा तीन पांग्रे बजाज आर–ईको बारेमा विस्तृत जानकारीसहित ग्राहक भेला भएको छ ।
कार्यक्रममा बजाज आर–ईका सेल्स प्रबन्धक शैलेन्द्र अधिकारिले तीन पांग्रे बजाज आर–ईको विशेषताबारे चर्चा गरेका थिए ।
‘कुनै पनि पुरानो ई–रिक्सा ल्याउनुहोस् र हामी दिन्छौं, एक लाख’ भन्ने जानकारी दिँदै उनले ग्राहकहरूलाई एक्सचेन्जका लागि सीमित अवधिभित्र सीमित संख्यामा ई–रिक्सा सटही गर्ने जानकारी दिए ।
उनले ‘एउटा यस्तो लगानी जसले गर्छ’ शुरुकै दिनदेखि आम्दानी कार्यक्रम अन्तर्गत चार लाख रुपैयाँसम्मको सुलभ फाइनान्सको सुविधा रहेको पनि जानकारी दिए । कुनै पनि पुरानो ई–रिक्सा र नगद ५० हजार रुपैयाँ दिएर सहजै फाइनान्स गरी नयाँ तीन पांग्रे बजाज आर–ई तुरुन्तै खरिद गर्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार