७ बैशाख २०८१, शुक्रबार

जापानमा रोबोटको विहे



सबै मान्छेको विहे हुनु त समाचारको विषय बन्दैन । तर, जब रोबोटबीच विहे हुन्छ तब समाचार नबन्ने कुरै भएन ।
विश्वमा रोबोटबीच पनि विहे हुन थालेको छ । झण्डै २ वर्ष पहिले नै जापानले रोबोटको विहे गरेर यो कीर्तिमानी राखेको हो ।
सन् २०१५ को जून २७ मा पहिलोपटक जापानको टोकियोमा दुई वटा रोबोटबीच विहे भयो ।
साे विहेका लागि पाहुनाहरुलाई बिहेको कार्ड पनि बाँडिएको थियो । अझ अचम्म त के भने रोबोटको विहेमा आएका पाहुनाहरुमा मान्छे मात्र होइन रोबोटहरु पनि थिए ।
बेहुलो रोबोटको नाम फ्राइस र बेहुलीको नाम युक्रिन हो । विहेपछि रोबोट दम्पतिले केक पनि काटेको थियो ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार