७ बैशाख २०८१, शुक्रबार

जेटीकप क्रिकेट : आरएमई क्वार्टर फाइनलमा



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा जारी जिल्लास्तरीय जेटीकप क्रिकेट प्रतियोगितामा आरएमई टीकापुर ै क्वार्टर फाईनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको पहिलो खेलमा जगतताराले कैलाली पब्लिक स्कूललाई आठ रनले पराजित गरेको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको जगततारा स्कुल बौनियाले १५ ओभरमा ८ विकेट गुमाउदै ७९ रन बनाएको थियो ।
८० रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको कैलाली पब्लिकले १५ ओभरमा सवै विकेट गुमाउदै ७१ रन मात्र जोड्यो ।
कैलाली पब्लिकमाथि ८ रनको विजय दिलाउने क्रममा जीवन चौधरीले तीन ओभरमा नौ रन दिएर तीन विकेट लिए । उनी खेलको म्यान अफ द म्याच भए ।
दोस्रो खेलमा आर्रएमई टीकापुर सात विकेटले विजयी भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको गुरुकुल लम्कीले १२ औं ओभर खेल्दै सवै विकेटको क्षतिमा ४९ रन मात्र जोडन सफल भयो ।
५० रनको सामान्य लक्ष्य आरएमई टिकापुरले नवौ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्‍यो । संजय बोहराले ३० बलमा नटआउट ४० रनको महत्वपुर्ण पारी खेलेका थिए । उनी म्यान अफ द म्याच भए ।
मंगलबारको तेस्रो खेलमा नव बालबाटिका बौनियाले ब्राईट फ्युचर लम्कीलाई ६ विकेटले हरायो ।
टस हारेर पहिले ब्याटिङ गरेको ब्राईट फ्युचरले लम्कीले निर्धारित १५ ओभरमा नौ विकेटको क्षतीमा ९५ रन बनायो ।
९६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रेको नव बालबाटिकाले १४ औं ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटाएको हो । १८ रन बनाउनुका साथै २ विकेट लिएका मानव विष्टे म्यान अफ द म्याच भए ।
आज (बुधबार) आठौ दिन विहान ७ बजे पानसदिप लम्की विरुद्ध न्यु स्टार सुखड विहान ११ बजे बसन्त मुरारी विरुद्ध लिटिल फलावर र भोलीको अन्तिम खेल दिउसो २ बजे संत निरकारी विरुद्ध नमुना लम्की विच खेल हुने मिडिया सयोजक पदम राज ओझाले बताए ।
प्रतियोगितामा कैलाली जिल्लाका २० वटा निजी तथा सामुदायिक विद्यालयको सहभागीता रहेको छ । प्रतियोगिता मंसिर ०२ गतेसम्म सञ्चालन हुने जेटी कप क्रिकेट एकाडेमी संयोजक जीवन सुनारले जानकारी दिए । यसैगरी प्रतियोगितामा दर्शकहरूको पनि सहभागिता बढि रहेको प्रचारप्रसार संयोजक राजेन्द्र रावलले जानकारी दिए ।

कात्तिक २२ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार