६ बैशाख २०८१, बिहीबार

जेटीकप क्रिकेट : सन्त निरंकारी र आरएमई क्वाटर फाइनलमा



बौनिया । कैलालीको बर्दगोरियामा जारी जिल्लास्तरीय जेटीकप क्रिकेट प्रतियोगितामा संत निरकारी र आरएमई टीकापुर क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
सोमबार बिहान ८ बजे भएको पहिलो खेलमा नाता एकेडेमी लम्की ६ विकेटले विजयी भएको छ ।
टस जितेर पहिले ब्याटिंग गरेको गुरुकुल स्कुलले १४ ओभरमा सवै विकेट गुमाउँदै ८४ रन बनायो ।
८५ रनको लक्ष्य लिएर जवाफी ब्याटिंगमा आएको नाता एकेडेमी लम्कीले १४.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो ।
दोस्रो खेलमा संत निरकारी ६ विकेटले विजयी भएको छ । टस जितेर पहिले ब्याटिंग गरेको नव बालबाटीका बौनियाले निर्धारित १५ ओभरमा ९ विकेटको क्षतिमा ७३ रन जोडन सफल भएका थिए । ७४ रनको लक्ष्य लिएर ब्याटिंगमा आएको संत निरकारीले १२.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो । ३४ रन जोडेका संत निरकारी टीकापुरका विजय बोहरा म्यानअफ द म्याच भए ।
तेस्रो खेलमा आरएमई टीकापुर विजयी भएको छ । टस जितेर पहिले ब्याटिंग गरेको आरएमई टीकापुरले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा १ सय १२ रन बनाउन सफल भएको थियो । १ सय १३ रनको लक्ष्य लिएर जवाफी ब्याटिंगमा उत्रेको द सनराईज ई बो स्कुल बौनिया निर्धारित १५ ओभर खेल्दै ८ विकेटको क्षतिमा ७२ रन मात्र जोडन सफल भयो । द सनराईज ई बोर्डिङलाई ७२ रनमा समेटदै ४० रनको ठूलो जित हात पारेको छ । ३१ रन र ३ ओभरमा २१ रन खर्चदै ४ विकेट लिएका विवेक न्यौपाने म्यान अफ द म्याच भए ।
आज (मंगलबार) सातौं दिन बिहान ७ बजे आयोजक जगततारा विरुद्ध कैलाली पब्लिक लम्की, विहान ११ बजे आरएमई टीकापुर विरुद्ध गुरुकुल र अन्तिम खेल दिउसो २ बजे नव बालबाटीका बौनिया विरुद्ध ब्राईट फ्युचर लम्की विच खेल हुने खेल प्रचारप्रसार सयोजक राजेन्द्र रावलले बताए ।
प्रतियोगितामा कैलाली जिल्लाका २० वटा निजी तथा सामुदायिक विद्यालयको सहभागीता रहेको छ । प्रतियोगिता मंसिर ०२ गतेसम्म सञ्चालन हुने व्यवस्थापक जीवन सुनारले जानकारी दिए ।

कात्तिक २१ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार