७ बैशाख २०८१, शुक्रबार

जेटीए क्रिकेट : चौथो दिन तीन खेल



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा जिल्लास्तरीय जेटीकप क्रिकेट प्रतियोगिताको चौथो दिन शनिबार तीन खेल सम्पन्न भएका छन् । शनिबार बिहान ८ बजे भएको पहिलो खेलमा कालिका माध्यामिक विद्यालय नौनिया विरुद्ध आरएमई टीकापुर बिच भएको खेलमा आरएमई टीकापुर ३४ रनले विजयी भएको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको कैलाली आरएमई टीकापुरले निर्धारित १५ ओभरमा सवै विकेट गुमाउँदै १ सय २ रन बनाउन सकेको थियो । १ सय ३ रनको ठुलो लक्ष्य लिएर जवाफी ब्याटिङ्गमा आएको कालिका माध्यामिक विद्यालय नौनिया निर्भारित १५ ओभरमा सवै विकेट गुमाउँदै ६८ रन मात्र जोडन सफल भएको थियो । आरएमई टीकापुरलाई ठूलो योगफ तयार पार्ने क्रममा धिज जंगसिंह ठकुरीले उत्कृष्ट व्याटीङ्ग गदै व्यक्तिगत ३३ रन बनाएका थिए । उनी म्यान अफ द म्याच घोषित भए ।
शनिबार नै भएको दोस्रो खेलमा आर्दश नमुना लम्की विरुद्ध जनजागृति ईन्जिनियरीङ्ग चौरी विच भएको खेलमा आर्दश नमुना ४४ रनले विनयी भएको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको आर्दश नमुना लम्कीले निर्धारीत १५ ओभरमा अलआउट हुँदै ८३ रन जोडन सफल भएका थिए । ८४ रनको लक्ष्य लिएर ब्याटिङ्गमा आएको जनजागृति ईन्जिनियरीङ्ग चौरीले शुरुवातमा केही विकेट गुमाउदा ४४ रनको पराकिलो हार व्यहोर्नु परेको हो । ३३ रन जोडेका आर्दश नमुना लम्कीका धिरेन्द्र साउँद म्यानअफ द म्याच भए ।
यसैगरी प्रतियोगिताको चौथो दिनको अन्तिम खेलमा पानसदीप लम्की विजयी भएको छ । टस जितेर पहिले ब्याटिंग गरेको पानसदीप लम्कीले निर्धारित १५ ओभरमा ८ विकेटको क्षतिमा ८९ रन बनाउन सफल भएको थियो । ९० रनको लक्ष्य लिएर जवाफी ब्याटिड्डमा उत्रेको क्यामब्रिज ई बोर्डिंग स्कुल १५ ओभर खेल्दै १० विकेटको क्षतिमा ६२ रन मात्र जोडन सफल भयो । क्यामब्रिज ई बोर्डिंग स्कुललाई ६२ रनमा समेटदै २७ रनको ठूलो जित हात पारेको छ । १९ रन र ३ ओभरमा १५ रन खर्चदै ३ विकेट लिएका गौरभ विसी म्यान अफ द म्याच भए ।
यसैगरी भोली पाँचौ दिन विहान ७ बजे आयोजक जगततारा विरुद्ध उज्यालो शिक्षा सदन लम्की, बिहान ११ बजे संत निंरकारी टीकापुर विरुद्ध जनजागृति चौरी र भोलीको अन्तिम खेल दिउसो २ बजे न्युस्टार सुखड विरुद्ध वसन्त मुरारी बौनिया विच खेल हुने खेल सयोजक एकेन्द्र मल्लले बताए ।
प्रतियोगितामा कैलाली जिल्लाका २० वटा निजी तथा सामुदायिक विद्यालयको सहभागीता रहेको छ । प्रतियोगिता मंसिर ०२ गतेसम्म सञ्चालन हुने खेल उपसंयोजक मनोज पन्तले जानकारी दिए ।

कात्तिक १९ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार