१३ बैशाख २०८१, बिहीबार

जेटीकप क्रिकेट प्रतियोगिता



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा जिल्लास्तरीय जेटीकप क्रिकेट प्रतियोगिताको तेस्रो दिन शुक्रबार तीन खेल भएका छन् ।
पहिलो खेलमा द सनराईज बौनिया आठ रनले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको सनराईजले निर्धारित १५ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनायो ।
९२ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको गुरुकुल एकेडेमी, लम्की १५ ओभरमा सात विकेट गुमाउँदै ८२ रनमा रोकियो ।
गुरुकुलमाथि आठ रनको विजय दिलाउने क्रममा सनराईजका विवेक सुनारले तीन ओभरमा १५ रन खर्चदै दुई विकेट लिए । उनी सो खेलको म्यान अफ द म्याच भए ।
शुक्रबार नै भएको दोस्रो खेलमा संत निरंकारी टीकापुर ६० रनले विजयी भयो । टस जितेर पहिले ब्याटिङ गरेको संत निरंकारीले १५ ओभरमा ९ विकेट गुमाउँदै ९८ रन बनायो ।
९९ रनको लक्ष्य लिएर ब्याटिङ गर्न आएको ब्राईट फ्युचर लम्की ३८ रनमा अलआउट भयो । ब्राईट फयुचर लम्कीलाई ३८ रनमा समेटने क्रममा संत निरंकारीका कप्तान कुशल कठायतले दुई दशमलव पाँच ओभर बलिङ गर्नै पाँच रन खर्चेर ह्याट्रिक सहित पाँच विकेट लिए । उनी सो खेलको म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै, तेस्रो खेलमा उज्यालो शिक्षा सदन लम्की २४ रनले विजयी भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको उज्यालो शिक्षा सदनले निर्धारित १५ ओभरमा छ विकेटको क्षतिमा ९४ रन बनायो ।
९५ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा ओर्लिएको पायनर्स एकेडेमीले १५ ओभर खेल्दै ९ विकेटको क्षतिमा ६८ रन मात्र जोड्न सक्यो ।
उज्यालो शिक्षा सदनका नरेन्द्र काफले दुई विकेट लिँदै म्यान अफ द म्याच भए ।
प्रतियोगितामा कैलाली जिल्लाका २० वटा निजी तथा सामुदायिक विद्यालयको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार