१३ बैशाख २०८१, बिहीबार

विद्यालयस्तरीय क्रिकेटको तयारी पुरा



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा हुने अन्तरविद्यालय स्तरीय क्रिकेट प्रतियोगिता २०७४ को तयारी अन्तिम चरणमा पुगेको छ ।
जगततारा इंग्लिस स्कूलको आयोजनामा २०७२/०७३ सालमा पनि माध्यामिक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता भएको थियो ।
स्कूलका संस्थापक एकेन्द्र मल्लले प्रतियोगितामा यस पटक पुरस्कार राशी वृद्धि गरिएको बताए ।
उनले प्रतियोगितामा जिल्लाका १५ टिमले सहभागी जनाइसकेका र १० टीमले सहभागिता जनाउने बताए ।
उनले यस पटक विजेतालाई ४१ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने बताए । त्यस्तै, उपविजेतालाई १७ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै, उत्कृष्ट खेलाडीलाई तीन हजार एक सय ११, उत्कृष्ट व्याट्सम्यानलाई दुई हजार एक सय ११, उत्कृष्ट बलरलाई दुई हजार एक सय ११, राईजिङ प्लेयरलाई दुई हजार एक सय ११ पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै, दोस्रो चरणका खेलमा प्रत्येक म्याचको म्यान अफ दि म्याचलाई पाँच सय ५५ रुपैयाँ प्रदान गरिने छ ।
मुडा खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताका पहिलो चरणका खेल लिग तथा त्यसपछिका खेल नक आउटका आधारमा खेलाइने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार