१६ चैत्र २०८०, शुक्रबार

अछाम–दैलेख जोड्ने पुल उद्घाटन



अछाम ।road3
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले शुक्रवार अछाम र दैलेख जिल्ला जोड्ने दोस्रो लामो पुलको उद्घाटन गरेका छन् ।
सो अवसरमा मन्त्री लेखकले सो पुलले मध्यपहाडी लोकमार्ग निर्माणमा ठुलो टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
यसैबिच, नेपाली का“ग्रेस अछामले विभिन्न मागसहित मन्त्री लेखकलाई मागपत्र बुझाएको छ । का“ग्रेसका जिल्ला सभापति भरतकुमार स्वारले जिल्लाको विकासका लागि विभिन्न माग प्रस्तुत गरिएको बताए ।
मागपत्रमा अछामको सदरमुकाम मंगलसैनदेखि सुर्खेतको जंगलघाट हुदै कर्णाली चिसापानी जोड्ने सडक निर्माणका लागि बजेट वृद्धि गर्न माग गरिएको छ ।
त्यस्तै, वैद्यनाथ धाम, सेती र कर्णालीको संगम त्रिवेणी धाम, त्रिपुरेश्वरी धार्मिक क्षेत्रको सम्वद्र्धनका लागि आवश्यक पहल हुनु पर्ने माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार