१६ चैत्र २०८०, शुक्रबार

तारेभीरकी तारा



धरानकी मोडल रेखा फागोको नाम मोडलमा मात्रै सिमित रहेन् । उनी अव तारेभीरमार्फत् नायिकाको रुपमा डेब्यु गरेकी छन् ।
चञ्चले भूमिकामा देखिएकी फागोले तारेभीरको ‘निलो निलो खुल्ला आकाश’ बोलमा गीतमा समावेशिता प्रस्तुत गर्दै आफूलाई अब्बल देखाउने प्रयत्न गरेकी छन् । गीतको म्युजिक भिडियो तीनदिन अघि युट्युवमा हाइलाइट्स नेपालले अपलोड गरेको छ ।
तीनदिनमा उक्त गीतको भ्युअर्स एकलाखको हाराहारीमा पुगेको छ । दोलखाको सुन्दर स्थानहरु गीतमा देख्न सकिन्छ । जहाँ उनले शेर्पा, लिम्बू, नेवारी, क्याजुअललगायतका पहिरनमा देखिएकी छन् । अहिले नेपालको राजनीतिमा समावेशिताको कुरा टड्कारो रुपमा उठिरहेका बेला कलाकार प्रेम सुब्बाको निर्देशनमा बनेको तारेभीरमा यी चञ्चले नायिकाले समावेशितालाई उठाउने प्रयत्न गरेकी छन् ।
बहिनीको भूमिकामा देखिएकी फागोले आफूलाई स्थापित नायिकामा दर्ज गराउलिन् कि नगराउलिन् त्यो हेर्नको लागि भने आम नेपाली दर्शकले उनलाई जेठ १९ गतेसम्म पर्खिनु पर्नेछ । किनकी फिल्मको रिलिज जेठ १९ मा हुँदै छ । तर, तीन दिनमा उनको गीतले पाएको भ्युअर्सका कारण फिल्ममा उनी स्थापित नायिका बन्नेमा दुईमत छैन् ।
रीमा गुरुङको स्वर रहेको उक्त गीतको रचनाकार मीना सिंगक हुन् । देउकृष्ण देवानको निर्माता रहेको फिल्ममा दिदीबहिनीको त्रिकोणात्मक कथालाई बुनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार