१२ बैशाख २०८१, बुधबार

माघी खोज्नीबोज्नी मेला



धनगढी  ।  धनगढी उपमहानगरपालिका–५, तारानगरमा बिहीबार माघी खोज्नीबोजनी मेला सुरु भएको छ ।
सो अवसरमा थरुहट/थारूवान संयुक्त सङ्घर्ष समिति कैलाली र कञ्चनपुरका संयोजक प्रभातकुमार चौधरीले नयाँ संविधानमा थारू समुदायले पूर्ण अधिकार नपाएकोले सरकारसँग खोज्नीबोज्नी गर्ने बेला आएको चर्चा गरे ।
जिल्ला विकास समिति कैलालीका योजना अधिकृत हर्कबहादुर कठायतले थारू समुदाय रीति, कला, संस्कृति तथा परम्पराको धनी समुदाय रहेकोले संरक्षण गर्नुपर्ने बताए ।
कार्यक्रममा थारू कल्याणकारिणी सभाका केन्द्रीय उपमहामन्त्री इन्दिरा चौधरी, ठाकुरप्रसाद करियाप्रधान, थारू महिला सभाका अध्यक्ष दुर्गा कुश्मी, थरुहट तराई पार्टी नेपालका जिल्ला अध्यक्ष वीरु चौधरी, थरुहट/थारूवान संयुक्त सङ्घर्ष समितिका सदस्य हरिमोहन चौधरी लगायतले धारणा व्यक्त गरेका थिए ।
मेला मूल आयोजक समितिका संयोजक गोठुराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक कुलवीर चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सुनिता चौधरी र रामदेव कुश्मीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार