१३ बैशाख २०८१, बिहीबार

जब केटीसँगको प्रेममा तडि्पएर पेन्गुइनको प्राण गयो



चिडियाखानामा राखिएको एक पेंगुइनले एक केटीलाई यतिधेरै माया गर्‍यो की प्रेमको पर्खाइमा तडि्पँदा तडि्पँदै उसको प्राणपखेरु नै उड्यो ।
यो घटना जापानको हो । जापानको टोबू चिडियाखानामा बस्ने एक भाले पेंगुइनले आफ्नो मायालुलाई भेट्टाउनै नपार्इ दुनियालाई छाडेको छ ।
पेंगुइनको नाम ग्रेपकुन हो । ग्रेपकुनले चिडियाखानाकै एक केटीलाई प्रेम गर्थ्यो ।
चिडियाखाना प्रशासनका अनुसार केही महिना पहिलेदेखि चिडियाखाना भित्र ठाउँठाउँमा एउटा कार्टुनको केटी पात्रको कार्डबोर्ड चित्र ठड्याइएको थियो ।
चिडियाखाना आउने बालबालिकाहरुलाई आकषिर्त गर्नका लागि त्यस्तो कार्टून पात्रको चित्र कार्डबोर्डमा बनाएर ठड्याइएको थियो । तर, त्यो कार्डबोर्डकी केटीसँग चिडियाखाना घुम्न आउने बालबालिका होइन, चिडियाखानामै रहेको पेंगुइन लभमा पर्‍यो ।
त्यो कार्टून चित्रकी केटीले पेंगुइन डिजाइनकै कपडा लगाएकोले हुनसक्छ त्यस भाले पेंगुइनलाई कुनै पोथी पेंगुइन चिडियाघरमा प्रवेश गरेको भान परेछ । त्यसपछि त के चाहियो, ऊ त्यो चित्रसँग प्रेममा पर्यो । प्रेममा यति पागल भयो की भाले पेंगुइन पानीमा खेल्नुको साटो त्यहीँ कार्डबोर्ड चित्र अगाडि बसेर घण्टौँसम्म त्यसलाई नियालिरहन्थ्यो ।
भाले पेंगुइनले यसरी विरक्तलाग्दो गरी कार्डबोर्ड चित्र हेरिरहेका तस्वीरहरु सोसल मिडियामा निकै भाइरल समेत बने ।
विधिको विधान भन्नुपर्‍यो , एक हप्ता पहिले त्यस क्षेत्रमा तीव्र गतिको आँधीबेहेरी आयो । त्यसपछि चिडियाखानाले त्यो कार्टुनचित्रका कार्डबोर्डहरु त्यहाँबाट हटाए ता की ती हावाले नउडाओस् । तर, चिडियाखाना प्रशासनको यो काम भाले पेंगुइनका लागि ठूलो बज्रसमान भयो । एकाएक आफ्ना प्रेमिकालाई त्यहाँबाट लगिएको देखेर ऊ सायद निकै दुखी भयो । केही दिनपछि ऊ नराम्रोसँग बिरामी पर्‍यो ।
अन्ततः सायद बिछोडको पीडाले हुनसक्छ २० वर्षे भाले पेंगुइनले त्यसको केहीदिन पछि नै यो संसार छाडेर गयो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार